कोशी प्रदेशमा ५८.६२ प्रतिशत मतदान

कोशी प्रदेशमा ५८.६२ प्रतिशत मतदान
सुन्नुहोस्

सुनसरी : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशका १४ जिल्लामा ५८.६२ प्रतिशत मतदान भएको छ। प्रदेशभर कुल ३५ लाख ७४ हजार ३१० मतदाता रहेकोमा २० लाख ९५ हजार १८० मत खसेको कोशी प्रदेश प्रहरी कार्यालयका निर्वाचन सेल कमान्डर एसपी सुमनकुमार तिम्सिनाले बताएका छन्। 

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै मतदान झापामा ६५.४ प्रतिशत खसेको एसपी तिम्सिनाले बताए। झापामा ७ लाख ३५ हजार ३७ मतदातामध्ये ४ लाख ५६ हजार ९६४४ मत खसेको छ।

त्यस्तै सुनसरीमा ६३.६२ प्रतिशत मतदान भएको छ। सुनसरीमा ५ लाख ८० हजार ९४५ मतदातामध्ये ३ लाख ६९ हजार ६०० मत खसेको छ। मोरङमा ६४.५६ प्रतिशत मतदान भएको छ। मोरङमा ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ मत खसेको एसपी तिम्सिनाले बताएका छन्।

धनकुटामा ५४.३१ अर्थात ६४ हजार ३१५ मत झसेको छ। भोजपुरमा ४६.१७ प्रतिशत अर्थात ५८ हजार ६९ मत खसेको छ। तेह्रथुममा ५३.५९ प्रतिशत अर्थात ३९ हजार १९३ मत खसेको छ। संखुवासभामा ५३.१९ प्रतिशत अर्थात ६३ हजार ६३४ मत खसेको एसपी तिम्सिनाले बताए। 
 
यस्तै इलाममा ५७.४ प्रतिशत अर्थात १ लाख ३२ हजार २१४ मत खसेको छ। पाँचथरमा ४९.६३ प्रतिशत अर्थात ७१ हजार १७० मत खसेको छ। उदयपुरमा ५२.१५ प्रतिशत अर्थात १ लाख २४ हजर ५९० मत खसेको छ। 

ओखलढुंगामा ४८.१४ प्रतिशत अर्थात ५९ हजार ७९ मत खसेको छ। खोटाङमा सबै भन्दा कम मत ४२.८५ प्रतिशत अर्थात ६३ हजार ३५ मत खसेको छ। हिमाली जिल्ला सोलुखुम्बुमा ४८.४१ अर्थात ४१ हजार ४०१ प्रतिशत मत खसेको छ। 

अर्को हिमाली जिल्ला ताप्लेजुङमा ५१.३७ प्रतिशत अर्थात ४६ हजार ४०२ मत खसेको एसपी तिम्सिनाले बताए। कोशीका अधिकांश जिल्लामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.