भक्तपुर क्षेत्र नं. १ मा रास्वपाको अग्रता
भक्तपुर : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका रुकेश रन्जितले १ हजार ४९९ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्।
यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले ७३१ मत ल्याउँदै दोस्रो स्थानमा रहँदा नेपाली कांग्रेसका किरण न्यौपानेले ३३० मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा एमालेका उम्मेदवारले १०२ मत पाएका छन्।
भक्तपुर क्षेत्र नम्बर १ मा यसअघि निरन्तर जित्दै आएको नेमकिपा यसपटक प्रारम्भिक गणनामा दोस्रो स्थानमा देखिएको छ।
प्रतिक्रिया दिनुहोस !