कुलमान छोडेर रास्वपा रोजेका साह बारा–३ बाट निर्वाचित

कुलमान छोडेर रास्वपा रोजेका साह बारा–३ बाट निर्वाचित

सिमरा : बारा क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरविन्द साह निर्वाचित भएका छन् । अन्य प्रतिष्पर्धी उम्मेदवारलाई भारी मतान्तरले पछि पार्दै साह पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

डिजिटल वालेट खल्तीका निर्देशक समेत रहेका साह यसअघि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा थिए । उनले उक्त पार्टीबाट बारा क्षेत्र नं. २ मा चुनाव लड्ने तयारी गरिसकेका थिए । तर घिसिङ नै रास्वपामा समाहित हुँदा साह पनि रास्वपामै आए ।
सहमति कार्यान्यवन नभएको भन्दै घिसिङ रास्वपाबाट अलग भएपनि साह भने रास्वपामै बसे र बारा क्षेत्र नं. ३ बाट चुनाव लडे । उनले अन्य बलिया प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै जित हात पारे ।

साहले ४० हजार ६ सय ९७ मत प्राप्त गरेका छन् । उनले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार भन्दा ३० हजार ६ सय ४५ मत बढी पाएका छन् । कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत पाएका छन् । यसैगरी जनता समाजवादी पार्टी नेपालका रामबाबु कुमार यादवले ६ हजार आठ सय ८४ मत पाएका छन् भने नेकपा एमालेकी ज्वालाकुमारी साहले पाँच हजार दुई सय ७१ मत पाएकी छिन्। यादव २०७४ सालमा र साह २०७९ सालमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार प्रमोद गुप्ताले तीन हजार आठ सय १९, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार भरतप्रसाद साहले एक हजार सात सय ५१, उज्यालो नेपाल पार्टीका तीर्थबहादुर गुरुङले एक हजार सात सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र जैसवारले तीन सय १९ मत पाएका छन् । क्षेत्र नं. ३ मा कुल एक लाख १३ हजार पाँच सय २१ मतदातामध्ये ७६ सात सय ५१ मत खसेको थियो । खसेको मतमध्ये ६९ हजार दुई सय दुई मत सदर भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.