रुकुम पश्चिममा जनार्दन शर्मा पराजित, नेकपाका गोपाल शर्मा विजयी
काठमाडौं : रुकुम पश्चिममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गोपाल शर्मा विजयी भएका छन्। उनले २१ हजार ६०९ मत ल्याएर विजयी भएका हुन्।
सोही क्षेत्रबाट उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा पराजित भएका छन्। उनी तेस्रो भएका छन्। दोस्रोमा नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत ल्याउँदा जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याए।
प्रतिक्रिया दिनुहोस !