हर्क साम्पाङको स्टाटसमा बालेनको प्रतिक्रिया : तपाईलाई सँधै माया थियो, छ

हर्क साम्पाङको स्टाटसमा बालेनको प्रतिक्रिया : तपाईलाई सँधै माया थियो, छ
सुन्नुहोस्

काठमाडौं : सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईको फेसबुक ‘स्टटास’ मा लामो समयपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया जनाएका छन् ।

साम्पाङले ‘लु अब चाहिँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु ! जय माटो ! जय देश !! जय श्रम संस्कृति !!!’ भन्दै लेखेको स्टाटसमा रास्वपाका वरिष्ठ नेता शाहले प्रतिक्रिया जनाएका हुन् । साम्पाङको स्टाटसमा बालेनले प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘तपाईलाई सँधै माया थियो, छ र रहन्छ । तपाई र धरानलाई सँधै माया रहन्छ ।’ साम्पाङको अभिव्यक्ति र बालेनको प्रतिक्रियामा अन्यले समेत प्रतिक्रिया जनाएका छन् । 

यसअघि अध्यक्ष साम्पाङले अबको प्रधानमन्त्री रास्वपाबाट बालेन शाह नभई पार्टी सभापति रवि लामिछाने हुनु राम्रो हुने बताएका थिए । अध्यक्ष साम्पाङले संसदमा सांसदले राखको प्रश्नको जवाफ दिने व्यक्ति प्रधानमन्त्री हुनुपर्ने विचार व्यक्त गरेका थिए । पछिल्लो समय सार्वजकि मञ्चबाट मात्र नभई सामाजिक सञ्जालमार्फत श्रम सँस्कृति पार्टीका अध्यक्ष साम्पाङले रास्वपा नेता बालेनको चर्को विरोध गर्दै आएका थिए ।

गत भर्दौ २३-२४ को जेनजी विद्रोहदेखि अन्तरिम सरकार गठन समेतका विभिन्न विषयहरुलाई लिएर साम्पाङले बालेनको कडा आलोचना गर्दै आएका थिए । सामाजिक सञ्जालमा सक्रिय साम्पाङले पटक–पटक बालेनका विषयमा आलोचना गर्दै आए पनि बालेनले भने कमै मात्र प्रतिक्रिया दिंदै आएका छन् । विगतमा निकै सुमधुर सम्बन्ध देखिएका बालेन र साम्पाङबीच पछिल्लो समय दूरी बढेको हो।

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.