करोडौंको स्वास्थ्य चौकी भवन आधा बन्दा बन्दै अलपत्र

करोडौंको स्वास्थ्य चौकी भवन आधा बन्दा बन्दै अलपत्र
सुन्नुहोस्

धादिङ : धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुन्जेमा निर्माणाधीन स्वास्थ्य चौकी भवन लामो समयदेखि अधुरै अवस्थामा रहेको छ । आर्थिक वर्ष २०७६ मा टेण्डर भई निर्माण सुरु गरिएको उक्त स्वास्थ्य चौकी हालसम्म पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन ।

स्वास्थ्य चौकी भवनको मात्रै लागत २ करोड ७० लाख ३१ हजार ७ सय ६९ रुपैयाँ अनुमान गरिएको थियो । काठमाडौँको बानेश्वर स्थित रविना-अविशा-विकोन जेभीले २०७७ फागुन २० गते ठेक्का सम्झौता गरी २०८१ असोज ७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरेको थियो ।

ठेक्का सम्झौता अनुसार निर्माण व्यवसायीसँग ७ करोड ६२ लाख ३५ हजार ८ सय ४१ रुपैयाँमा सम्झौता गरिएको थियो । तर तोकिएको समय सीमा सकिए पनि अहिलेसम्म जम्मा ५५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ३६ प्रतिशत मात्रै भएको सघन सहरी तथा भवन निर्माण आयोजना ले जनाएको छ ।

आयोजनाका अनुसार हालसम्म स्वास्थ्य चौकी भवन निर्माणमा २ करोड ७२ लाख ८९ हजार ५ सय ४१ रुपैयाँ खर्च भइसकेको छ । निर्माण सम्पन्न गर्ने समय घर्किसक्दा पनि निर्माण व्यवसायीले अहिलेसम्म म्याद थपका लागि निवेदन नदिएको र सम्पर्कमा समेत नआएको आयोजनाले जनाएको छ ।

निर्माण व्यवसायी सम्पर्कमा नआएमा ठेक्का सम्झौता नै रद्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी आयोजनाले दिएको छ । निर्माण व्यवसायी आएर म्याद थपका लागि निवेदन दिएमा जरिवानासहित म्याद थप हुन सक्ने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सशिन्द्र घिमिरेले बताए ।

स्वास्थ्य चौकी भवन समयमै निर्माण नहुँदा पुरानै जीर्ण भवनबाट सेवा सञ्चालन गर्नुपरेको छ । नयाँ भवन नहुँदा सेवाग्राही र स्वास्थ्यकर्मी दुवैले सास्ती खेप्नुपरेको कविता बोगटी बताउँछिन् । उता, आयोजना र ठेकेदारबीच समन्वयको अभावका कारण निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय जनप्रतिनिधिहरूले पनि चिन्ता व्यक्त गरेका छन् ।

निर्माण कम्पनी र सरोकारवाला निकायले छिटो काम अघि बढाउनु पर्ने ठाकुर गुरुङको भनाइ छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको पूर्वाधार वर्षौँसम्म अधुरो रहँदा स्थानीय बासिन्दा भने अझै पनि नयाँ भवनको प्रतीक्षामा छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.