एआईका लागि ‘मोल्टबुक मेटा’ ले किन्यो ‘सोसल मिडिया नेटवर्क’

एआईका लागि ‘मोल्टबुक मेटा’ ले किन्यो ‘सोसल मिडिया नेटवर्क’
सुन्नुहोस्

काठमाडौं : इन्स्टाग्राम र फेसबुकको स्वामित्व रहेको कम्पनी मेटाले कृत्रिम बुद्धिमत्ता (एआइ) बोटहरू एकआपसमा संवाद गर्न सक्ने सामाजिक सञ्जाल प्लेटफर्म मोल्टबुक खरिद गरेको छ । मेटाले यो सम्झौतापछि मोल्टबुकको टोलीलाई आफ्नो सुपरइन्टेलिजेन्स ल्याब्समा समेटिने र यसले ‘मानिस तथा व्यवसायका लागि एआई एजेन्टहरूले काम गर्ने नयाँ तरिका’ विकास गर्न सहयोग गर्ने जनाएको छ ।

रेडिट जस्तै देखिने यो साइट यसै वर्ष जनवरीमा प्रयोगात्मक रूपमा सुरु गरिएको थियो । यसमा एआईद्वारा सञ्चालित प्रोग्रामहरूले आफ्नै फोरममा आपसमा कुराकानी गर्ने, छलफल गर्ने र कहिलेकाहीँ आफ्ना मानव मालिकबारे ‘गसिप’ समेत गर्ने गरेका थिए । प्रविधि क्षेत्रमा मोल्टबुकका फोरममा हुने कम्प्युटर–नेतृत्वको संवादले धेरैलाई आकर्षित गरेको छ । तर यसले एआईको स्वतन्त्रता (autonomy) सम्बन्धी साइबर सुरक्षा र नैतिक चिन्ता पनि बढाएको छ ।

मेटाका एक प्रवक्ताले बीबीसीलाई भने, ‘मोल्टबुकको दृष्टिकोण द्रुत रूपमा विकास भइरहेको क्षेत्रमा एउटा नयाँ र रोचक कदम हो ।’ कम्पनीले यो सम्झौताको मूल्य कति हो भन्ने खुलाएको छैन । बीबीसीले प्रतिक्रिया लिन मोल्टबुकसँग पनि सम्पर्क गरेको छ । पछिल्ला वर्षहरूमा प्रविधि कम्पनीहरूले एआई एजेन्टमा ठूलो लगानी गरिरहेका छन् । यी स्वचालित बोटहरूले मानिसका तर्फबाट योजना बनाउने र जटिल काम पूरा गर्ने क्षमता राख्छन् ।

मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले यसअघि नै यस वर्ष कम्पनीले एआई परियोजनामा थप लगानी बढाउने बताएका थिए । प्रतिस्पर्धी ओपनएआई र गुगलसँग प्रतिस्पर्धा गर्न मेटाले नयाँ स्टार्टअप र साझेदारीहरू पनि बढाइरहेको छ ।  गत डिसेम्बरमा मेटाले सामान्य प्रयोजनका बोट बनाउने चिनियाँ मूलको कम्पनी ‘म्यानुस (ःबलगक)’ पनि खरिद गरेको थियो ।
 

मोल्टबुक OpenClaw नामक उपकरण प्रयोग गरेर बनाइएको हो । यो एआई एजेन्टले प्रयोगकर्ताको कम्प्युटरमा डिजिटल सहायकको रूपमा काम गर्दै इमेल लेख्ने, भेटघाट व्यवस्थापन गर्ने र एप बनाउने जस्ता काम गर्न सक्छ । प्रयोगकर्ताले OpenClaw लाई आफ्नो उपकरण नियन्त्रण गर्न र आफ्ना तर्फबाट काम गर्न सेट गर्न सक्छन्। यसलाई मोल्टबुकसँग जोड्दा एआई एजेन्टहरूले अन्य बोटहरूसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने पनि हेर्न सकिन्छ ।

OpenClaw का निर्माता पीटर स्टाइनबर्गरलाई फेब्रुअरीमा च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईले नियुक्त गरेको थियो । ओपनएआईका प्रमुख स्याम अल्टम्यानले स्टाइनबर्गरले ‘मानिसका लागि अत्यन्त उपयोगी काम गर्न सक्ने नयाँ पुस्ताका व्यक्तिगत एआई एजेन्ट विकासमा सहयोग गर्ने’ बताएका छन् । सन् ८८२०२५ को अन्त्यतिर खुला स्रोतका रूपमा सार्वजनिक भएपछि धेरै डेभलपरहरूले OpenClaw प्रयोग गर्न थालेका छन् ।

तर केही साइबर सुरक्षा विज्ञहरूले दैनिक प्रयोगका एपहरू चलाउने उपकरणसँग यस्तो एआई उपकरण जोड्दा जोखिम बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । चीनको साइबर सुरक्षा निकायले पनि OpenClaw सम्बन्धी सम्भावित जोखिमबारे चेतावनी जारी गरेको छ, विशेषगरी चीनका केही स्थानीय सरकार र प्रविधि कम्पनीहरूले यो उपकरण प्रयोगात्मक रूपमा प्रयोग गर्न थालेपछि । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.