कांग्रेसको हारपछि महासमिति सदस्य राईको राजीनामा

कांग्रेसको हारपछि महासमिति सदस्य राईको राजीनामा

सुनसरी : नेपाली कांग्रेसका महासमिति सदस्य विनोद कुमार राईले पार्टी पदबाट राजीनामा दिएका छन्। सुनसरी क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले व्यहोरेको पराजयपछि नैतिक जिम्मेवारी लिँदै उनले महासमिति सदस्य पदबाट राजीनामा दिएका छन्।

राईले पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा आफू लामो समयदेखि कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर लोकतन्त्र, राष्ट्रियता र समाजवादको आदर्शमा रहेर सक्रिय रहँदै आएको उल्लेख गरेका छन्। पार्टीले दिएको महासमिति सदस्य जस्तो गरिमामय जिम्मेवारीप्रति आफू सधैं आभारी रहेको उनले बताए।

राजीनामा पत्रमा उनले पछिल्लो समय पार्टीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै निषेधको राजनीति, पटक–पटक हुने मानमर्दन तथा तेजोबध र लबिङको नाममा राम्रा व्यक्तित्वलाई पार्टीबाट विस्थापित गरिने प्रवृत्तिले आफूलाई मर्माहत बनाएको बताएका छन्। यस्ता गतिविधिले आफ्नो अन्तर्मन र नैतिकताले पदमा बसिरहन अनुमति नदिएको उनको भनाइ छ।

राईले फागुन २१ गते सम्पन्न निर्वाचनमा सुनसरी–१ मा कांग्रेसले बेहोरेको लज्जास्पद हारले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै एक जिम्मेवार पदाधिकारीका नाताले उक्त पराजयको नैतिक जिम्मेवारी लिनु आफ्नो कर्तव्य भएको बताए।

उनले अब नयाँ पुस्तालाई अवसर दिन र नयाँ जनादेशको मार्ग प्रशस्त गर्न पदबाट अलग भएको स्पष्ट पारेका छन्। राईले पदबाट राजीनामा दिए पनि पार्टीको कृयाशील सदस्यका रूपमा लोकतन्त्रप्रतिको आफ्नो निष्ठा भने कायम रहने बताएका छन्। सुनसरी-१ बाट उम्मेदवार बनेका कांग्रेसका सुजेन्द्र तामाङको जमानत जफत भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.