टी–२० अन्तर्राष्ट्रिय अलराउण्डरमा दिपेन्द्र चौंथो स्थानमा यथावत

टी–२० अन्तर्राष्ट्रिय अलराउण्डरमा दिपेन्द्र चौंथो स्थानमा यथावत
सुन्नुहोस्

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रियको अलराउण्डरतर्फ चौंथो स्थानमा यथावत रहेका छन् । अन्तर्राट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले मंगलबारसम्मको नतिजा सम्मिलित सूची बुधबार सार्वजनिक गरेको हो ।

पुरुषतर्फको टी–२० अलराउण्डर वरियतातर्फ दिपेन्द्र चौंथो स्थानमा यथावत रहेका हुन् । टी–२० विश्वकप अगाडि छैटौं स्थानमा रहेका दिपेन्द्र टी–२० विश्वकपमा गरेको प्रदर्शनपछि चौथो स्थानमा यथावत रहेका छन् । 

दिपेन्द्रले नेपालका लागि २ अर्धशतकसहित १६९ रन बनाएका थिए । त्यस्तै उनले विश्वकपमा २ विकेट पनि लिएका थिए । टी–२० अलराउण्डरको शीर्ष स्थानमा जिम्बाबेका कप्तान सिकन्दर राजा रहेका छन् । भारतका हार्दिक पाण्ड्या दोस्रो र पाकिस्तानका सैम अयुब तेस्रो स्थानमा रहेका छन् । 

 

दिपेन्द्र भन्दा पछाडि अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ तथा वेस्ट इन्डिजका रोस्टन चेज क्रमशः पाँचौं र छैटौ स्थानमा रहेका छन् । अलराउन्डरतर्फको वरियतामा शीर्ष ५ मा कुनै पनि परिवर्तन भएको छैन । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.