जंगली जनावरका कारण किसान हैरान, स्थानीय निकाय मौन

जंगली जनावरका कारण किसान हैरान, स्थानीय निकाय मौन
सुन्नुहोस्

रौतहट : ग्रामीण भेगका विभिन्न गाउँमा पछिल्लो समय निलगाई (घोर गधा) र बाँदर आतंक बढ्दै गएको छ । दिनमा बाँदर र रातको समयमा निलगाईका झुण्डका झुण्डले खेतबारीमा पसेर गहुँ, मकै, केरा, सखरखण्ड, धनियासहित तरकारी बालीलाई खाएर नष्ट गर्न थालेपछि स्थानीय किसानहरू ठूलो समस्यामा परेका छन् । 

स्थानीय किसानहरु निलगाई र बाँदरको झुण्डका कारण आफूले लगाएको बाली जोगाउन प्रयासरत रहँदा यहाँका स्थानीय तहले भने कुनै वास्ता नगरेको चन्द्रपुर–७ का किसान प्रह्लाद उप्रेतीले बताए । जंगली जनावरको झुण्डले  विशेषगरी रातको समयमा खेतमा पसेर एकै रातमा बाली सखाप पार्ने गरेको दुःखेसो जिल्लाका चन्द्रपुर, बृन्दावन, फतुवाबिजयपुर लगायतका किसानको छ ।

वर्षभरी मेहनत गरेर लगाइएको बाली नष्ट हुँदा किसानहरू चिन्तित त बनेकै छन्, ऋण काडेर गरिएको खेती नष्ट हुने डरले उनीहरु रातभर जाग्राम बस्नु पर्ने अवस्था रहेको छ । किसानहरूले बाली जोगाउन रातभर खेतमा बस्ने, आवाज निकाल्ने तथा विभिन्न उपाय अपनाउने प्रयास गरे पनि निलगाई, जंगली सुँगुँर (बँदेल) को झुण्ड नियन्त्रण गर्न कठिन भइरहेको उनीहरुले बताए ।

खास गरेर बागमती, लाल बकैया नदीको बगर छेउछाउका किसानहरु जंगली जनावरको आतंकबाट पीडित बन्दै आएको स्थानीय किसान रामलाल दासले बताए । यसैबीच पछिल्लो समय ग्रामीण सडकहरूमा पनि निलगाई देखिन थालेपछि सवारी दुर्घटनाको जोखिम समेत बढेको छ ।

विशेष गरी राति र बिहान सबेरै सवारी साधन चलाउँदा सावधानी अपनाउनु पर्ने अवस्था सिर्जना भएको बृन्दावनका किसान हरेन्द्र पटेल बताउँछन् । हुलाकी सडक, गौर पिपरा हुँदै समनपुरतर्फ जाने सडक, कटहरियासहितका ग्रामीण सडक र चन्द्रपुरमा सवारी साधन गुडाउनेहरु सावधान हुनुपर्ने अवस्था रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.