फरार प्रतिवादी २ वर्षपछि पक्राउ : ५ वर्ष कैद र ४४ लाख ६२ हजार जरिबाना

फरार प्रतिवादी २ वर्षपछि पक्राउ : ५ वर्ष कैद र ४४ लाख ६२ हजार जरिबाना
सुन्नुहोस्

विराटनगर : अदालतबाट कैद र जरिबानाको फैसला सुनाइएका एक जना फरार प्रतिवादी २ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५ वर्ष कैद र ४४ लाख ६२ हजार रुपैयाँभन्दा बढी जरिबानाको फैसला सुनाइएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रतुवामाई नगरपालिका–५ का ४० वर्षीय साजाहक मियाँ बिहीबार दिउँसो पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले गाउँघरमै लुकिछिपी बसेको अवस्थामा दिउँसो २:४५ बजेतिर मियाँलाई पक्राउ गरेको हो। बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत मोरङले २०८० चैत ७ गते मियाँलाई ५ वर्ष कैद र ४४ लाख ६२ हजार ४ सय रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो। अदालतले दोषी ठहर गरे पनि कैद सजाय र जरिबाना भुक्तान नगरिकन लामो समयदेखि फरार रहेका मियाँलाई पक्राउ गरिएका मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए। 

त्यस्तै, चोरी मुद्दाका अर्का प्रतिवादी पनि पक्राउ परेका छन्। चोरी मुद्दामा ४ दिन कैद र १ हजार रुपैयाँ जरिबानाको फैसला भएका रतुवामाई–५ का २४ वर्षीय अजय कटवाल पक्राउ परेका हुन्। अदालतले कटवाललाई २०७९ साल मंसिर १४ गते दोषी ठहर गर्दै कैद तथा जरिबानाको फैसला गरेको थियो। 

पक्राउ परेका दुवै जनालाई अदालतमा पेस गरिने जानकारी डीएसपी लामिछानेले दिए। प्रहरीले पेस गरेपछि अदालतले उनीहरुलाई सजाय भुक्तानका लागि कारागार चलान गर्नेछ। जरिबाना बापतको रकम असुल गर्नेछ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.