बारामा निर्वाचन प्रहरीको बिदाइ

बारामा निर्वाचन प्रहरीको बिदाइ
सुन्नुहोस्

सिमरा : फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिहीबार औपचारिक रूपमा बिदाइ गरिएको छ । इलाका प्रहरी कार्यालय सिमराले आफू मातहत तालिम लिएका तीन सय ६ जना निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानका साथ बिदाइ गरेको हो ।

देशभर खटाइएका निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गर्न निर्देशन गरिएको थियो । सोही अनुरुप इलाका प्रहरी कार्यालय सिमराले आफ्नो मातहत तालिम लिएर निर्वाचनमा खटिएका प्रहरीलाई बिदाइ गरेको हो ।  

बिदाइ कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले निर्वाचन प्रहरीलाई टीका लगाएर प्रमाणपत्र प्रदान गरेका थिए । प्रमाणपत्र प्रदान गर्दै क्षेत्रीले निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्न निर्वाचन प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताए । 

null

कार्यक्रमका आफ्नो जिम्मेवारी पूरा गरी घर फर्कन लागेका निर्वाचन प्रहरीहरू खुशी देखिन्थे । कार्यक्रममा अन्य प्रहरी अधिकृतहरूले पनि निर्वाचन प्रहरीहरूको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रमम प्रहरी निरीक्षक दिवाकर गणेश, प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी नायब निरीक्षक नवराज दानी क्षेत्रीलगायत सहभागी थिए । 

प्रतिनिधिसभा निर्वाचनका लागि बारामा नेपाल प्रहरीतर्फ तीन हजार ६ सय ३८ जना र सशस्त्र प्रहरीतर्फ ३ सय ९८ जना निर्वाचन प्रहरीको भर्ना गरिएको थियो । तीमध्ये इलाका प्रहरी कार्यालय सिमराको मातहतमा रहेका तीन सय ६ जना निर्वाचन प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा खटाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जिल्लामा भर्ना गरिएका सबै निर्वाचन प्रहरीको बिदाइ गरिएको जानकारी दिए । निर्वाचन प्रहरीले तालिम लिएको स्थानबाटै उनिहरुलाई बिदाई गरेर घर पठाइएको प्रवक्ता पण्डितले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.