इरान थपिएपछि अब १३ मुलुकका नागरिकले पाउने छैनन् नेपालको अनअराइभल भिसा

इरान थपिएपछि अब १३ मुलुकका नागरिकले पाउने छैनन् नेपालको अनअराइभल भिसा
सुन्नुहोस्

काठमाडौं : सुरक्षाको कारण देखाउँदै गृह मन्त्रालयले अनअराइभल भिसा नपाउने सूचीमा इरानलाई समेत राखेको छ। यसअघि विभिन्न १२ मुलुकलाई अनअराइभल भिसा नपाउने सूचीमा राखेको थियो। इरान थपिएपछि अब अनअराभइल भिसा नपाउने मुलुकहरूको संख्या १३ पुगेको छ।

अमेरिकी आक्रमणबाट असुरक्षित भई सुरक्षित स्थान खोज्दै नेपाल आउने इरानीहरूको संख्या बढ्न सक्नेतर्फ मध्यनजर गर्दै गृह मन्त्रालयले इरानी नागरिकहरूलाई दिँदै आएको अनअराइभल भिसा बन्द गरेको हो। 

मन्त्रालयले सुरक्षाको कारण देखाउँदै यसअघि १२ वटा मुलुकका नागरिकलाई अनअराइभल भिसामा  रोक लगाएको थियो। मन्त्रालयले नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया र लाइबेरियाका नागरिकलाई अनअराइभल भिसा नपाउने सूचीमा राखेको थियो। उक्त सूचीमा इथोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिक पनि छन्। 

गृहमन्त्रीस्तरीय निर्णयले अब उपरान्त नेपाल आउने इरानी नागरिकले नेपाली दूतावासबाट भिसा लिनुपर्ने छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले इरानी नागरिकहरूलाई आगमन भिसा नदिने निर्णय भएको बताए। गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा सुरक्षालाई मध्यनजर गर्दै इरानी नागरिकलाई आगमन भिसा नदिने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.