मधेसी समुदायका बालेन प्रधानमन्त्री बन्ने भएपछि लोकतान्त्रिक मोर्चाका नेताहरू खुसी

मधेसी समुदायका बालेन प्रधानमन्त्री बन्ने भएपछि लोकतान्त्रिक मोर्चाका नेताहरू खुसी
सुन्नुहोस्

काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले देशमा उत्पीडित जनताहरूले देखेका सपना पूरा हुने अवस्था आएको निष्कर्ष निकालेको छ।

शुक्रबार काठमाडौंमा बसेको मोर्चाको बैठकले निर्वाचनपछि मधेसी समुदायका बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको जिम्मेवारीमा आउने अवस्था बनेको र उत्पीडित जनताहरूले देखेका सपना पूरा हुनेतर्फ देश अघि बढेको निष्कर्ष निकालेको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए। 

बैठकले बालेनलाई आगामी दिनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको उनले बताए। उत्पीडितमा परेका समुदायको अधिकारका साथै पहिचानसँग सम्बन्धित सबालहरू आगामी सरकारले सम्बोधन गर्ने आशा बैठकले गरेको महतोले उल्लेख गरे। उनले अहिलेको निर्वाचनमा बालेनको नाममा देशभर मत आएको भन्दै कसैको विपक्षमा नभइ बालेन शाह प्रधानमन्त्री हुनुपर्छ भन्ने पक्षमा मतदान भएको तर्क गरे।

निर्वाचनमा मधेस केन्द्रित दलका कुनै पनि उम्मेदवारले विजय हासिल गर्न नसके पनि मधेसी समुदायका व्यक्ति जित्नु इतिहासकै लागि ठूलो कुरा भएको उनले बताए। उनले अहिले व्यक्तिभन्दा पनि मुद्दा मुख्य सवाल भएकाले मधेस केन्द्रित दलहरूले अघि राखेका मुद्दाहरू समाधान हुने आशा गरिएको बताए। बैठकमा नेता महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोलगायत सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.