समानुपातिक सांसद छान्न रास्वपाले बोलायो सचिवालय बैठक

समानुपातिक सांसद छान्न रास्वपाले बोलायो सचिवालय बैठक
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक शनिबार बोलाइएको रास्वपाले जनाएको छ। समानुपातिकतर्फको ५७ सांसद सिफारिसका लागि बैठक बोलाइएको रास्वपाले जनाएको छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशन बमोजिम बैठक बोलाइएको, समय र स्थान सभापतिकै अनुकूलता हेरेर तय गरिने बताइएको छ। सभापति लामिछानेको स्वास्थ्य अवस्थाका कारण समय र स्थान तोक्न नसकिएको रास्वपाका नेताहरूले बताएका छन्। 

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ। निर्वाचन आयोगले समानुपातिकतर्फको सांसद छान्न आइतबारसम्मका लागि समय तोकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.