'पुराना दलहरू सच्चिएन भने उनीहरूको अस्तित्व समाप्त हुन्छ'
काठमाडौं : राजनीतिक विश्लेषक टेकेन्द्र जोशीले ठूला दल भनिएका नेपाली कांग्रेस र नेकपा एमालेले आफूलाई समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ठूला भनिएका पुराना राजनीतिक दलहरूले जनताको आकांक्षा पूरा गर्न नसकेको बताए।
'अब पनि पुराना भनिएका दलहरूले जनताको आकांक्षालाई बेवास्ता गर्दै जाने हो भने उहाँहरूको अस्तित्व समाप्त हुँदै जान्छ,' उनले भने।
उनले फागुन २१ गतेको निर्वाचनको मतपरिणाम पनि जनताको रोषबाट आएको बताए। उनले पुराना दलका पुराना नेताहरूले यसबेला नैतिकता देखाउनुपर्ने बताए।
'पार्टीको सभापतिले जय र पराजयको भागिदार बन्नैपर्छ। त्यसलाई व्यवहार र आचरणमा देखाउनै पर्छ। अब पनि भ्रममा रहिरहने हो भने त्यो उहाँहरूकै लागि बेफाइदा हुन जान्छ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !