नागढुंगा–नौबिसे सडक खण्डमा अन्तिम ‘ब्ल्याक टपिङ’ सुरु

नागढुंगा–नौबिसे सडक खण्डमा अन्तिम ‘ब्ल्याक टपिङ’ सुरु

धादिङ : नागढुंगा–नौबिसे सडक खण्ड अन्तर्गत निर्माण भइरहेको सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार हालसम्म करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

यसैबीच उक्त सडक खण्डमा अन्तिम ब्ल्याकटपिङ (कालोपत्रे) गर्ने काम सुरु गरिएको छ । धादिङको खानीखोला क्षेत्र आसपास अन्तिम चरणको कालोपत्रे भइरहेको दृश्य देख्न सकिन्छ । नौबिसे–नागढुंगा सडकखण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाका अनुसार पहिलो प्याकेजअन्तर्गत १२.५ किलोमिटर सडक र दुई वटा पुल निर्माण गर्नुपर्ने योजना रहेको थियो । सोहीअनुसार सडक विस्तार, कालोपत्रे, ढल निकास तथा अन्य संरचना निर्माणका अधिकांश काम सम्पन्न भइसकेको उनले बताए । 

हाल केही बाँकी कामहरू अन्तिम चरणमा अघि बढिरहेको आयोजनाले जनाएको छ । निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएपछि धादिङ र काठमाडौंबीचको यात्रा समय घट्ने तथा सडक सुरक्षामा समेत सुधार आउने अपेक्षा गरिएको छ । सडक स्तरोन्नति अन्तिम चरणमा पुगेकाले छिट्टै काठमाडौं–धादिङ आवतजावत अझ सहज र सुरक्षित हुने विश्वास गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.