बैरेनी अस्पतालको नयाँ भवन अझै प्रयोगविहीन

बैरेनी अस्पतालको नयाँ भवन अझै प्रयोगविहीन

धादिङ : धादिङको गल्छी गाउँपालिकामा निर्माण सम्पन्न भइसकेको बैरेनी अस्पतालको नयाँ भवन अझै सञ्चालनमा आउन सकेको छैन। भवन तयार भइसके पनि सेवा सुरु हुन नसक्दा स्थानीयस्तरमा विभिन्न प्रश्न उठ्न थालेका छन् । जनप्रतिनिधिबीचको असमझदारी, कर्मचारीबीचको आन्तरिक विवाद तथा निर्माण प्रक्रियामा देखिएका केही ढिलाइका कारण सेवा सञ्चालनमा समय लागेको स्थानीयले बताएका छन् ।

२०७७ साल मंसिर १५ गते १८ करोड ८७ लाख रुपैयाँ लागतमा निर्माण हुने १० शैंयाको अस्पताल भवनको शिलान्यास गरिएको थियो । संघीय सरकारको पहल र गाउँपालिकाको लगानीमा निर्माण गरिएको उक्त भवन अहिले पूर्ण रूपमा तयार भइसकेको छ । आवश्यक भौतिक संरचना तयार रहेको र चिकित्सक समेत उपलब्ध रहेको बताइए पनि नयाँ भवनबाट उपचार सेवा भने अझै सुरु हुन सकेको छैन ।

अस्पताल सञ्चालनमा ढिलाइ हुँदा स्थानीय नागरिक भने अझै पनि नजिकैको पुरानो र साँघुरो हेल्थ पोस्ट भवनबाट सीमित स्वास्थ्य सेवा लिन बाध्य छन् । यो अस्पताल गल्छी गाउँपालिकाको मातहतमा रहने र सञ्चालनको जिम्मेवारी पनि गाउँपालिकाकै हुने बताइएको छ । स्थानीय तहले आवश्यक जनशक्ति, उपकरण र व्यवस्थापन मिलाएर अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

यस विषयमा अहिले स्थानीय तहमा जवाफदेहिताको प्रश्न समेत उठ्न थालेको छ । स्थानीय बासिन्दाले करोडौँ रुपैयाँ लागतमा बनेको अस्पताल भवन लामो समयसम्म सञ्चालनमा नआउनु दुःखद भएको भन्दै यथाशीघ्र सेवा सुरु गर्न माग गरेका छन् ।

गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दीपक कार्कीका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक केही प्राविधिक काम तथा व्यवस्थापनका तयारी पूरा गर्ने क्रममा समय लागेको हो । उनले अब छिट्टै सेवा सुरु गर्ने तयारी भइरहेको र आगामी चैत मसान्तभित्र नयाँ भवनबाट अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.