फ्रान्सेली राष्ट्रपतिले गरे इजरायल र लेबनानबीच युद्धविरामको प्रस्ताव

फ्रान्सेली राष्ट्रपतिले गरे इजरायल र लेबनानबीच युद्धविरामको प्रस्ताव
सुन्नुहोस्

पेरिस : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इजरायललाई लेबनानसँग प्रत्यक्ष वार्ता गर्न आग्रह गर्दै पेरिसमा युद्धविरामको छलफल आयोजना गर्ने प्रस्ताव राखेका छन् । 

राष्ट्रपति म्याक्रोँले सामाजिक सञ्जाल एक्समार्फत आफूले लेबनानका राष्ट्रपति जोसेफ औन, प्रधानमन्त्री नवाफ सलाम र संसदका सभामुख नबिह बेरीसँग कुराकानी गरेको जानकारी दिएका हुन् । 

उनले लेबनानलाई अराजकतामा जानबाट रोक्न हरसम्भव कदम चाल्नुपर्नेमा जोड दिए । म्याक्रोँले इरान समर्थित संगठन हिजबुल्लाहलाई स्थिति थप नबिगार्न आग्रह गरेका छन् ।  साथै, उनले इजरायललाई 'तीव्र बमबारी' र 'ठूलो स्तरका आक्रमणहरू' रोक्न भने।

उनका अनुसार लेबनानी सरकारले इजरायलसँग प्रत्यक्ष वार्ता गर्ने इच्छा देखाएको छ। उनले भने, 'इजरायलले यो मौकाको फाइदा उठाउनुपर्छ, वार्ता सुरु गर्नुपर्छ र युद्धविराम कायम गर्नुपर्छ।'

लेबनानको सार्वभौमसत्ता जोगाउन र स्थायी समाधान खोज्नका लागि फ्रान्सले यो वार्तामा सहयोग गर्न र पेरिसमा यसको आयोजना गर्न तयार रहेको उनले स्पष्ट पारे । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.