राष्ट्रपति सीसँगको बैठक स्थगित गर्ने ट्रम्पको धम्कीपछि चीनले के भन्यो?

राष्ट्रपति सीसँगको बैठक स्थगित गर्ने ट्रम्पको धम्कीपछि चीनले के भन्यो?
सुन्नुहोस्

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक मिडियालाई अन्तर्वार्ता दिँदै स्ट्रेट अफ होर्मुजको सुरक्षामा चीनले सहयोग नगरे चिनियाँ राष्ट्रपति सी जिङपिङसँग हुने बैठक स्थगित गर्नसक्ने बताएका थिए।

यस विषयमा चीनको प्रतिक्रिया सार्वजनिक भएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ली जेनले राष्ट्रपति ट्रम्पको चीन भ्रमणका विषयमा दुवै देशबीच छलफल जारी रहेको बताए। उनले भने, 'देशका नेताबीच हुने संवाद अत्यन्त महत्वपूर्ण हुन्छ। यसले दुई देशबीचको सम्बन्धलाई दिशा दिन्छ।'

अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिबारे प्रश्न सोध्दा उनले मध्यपूर्वी क्षेत्रको तनावका कारण व्यापारिक मार्गहरू प्रभावित भएको र यसले क्षेत्रीय तथा विश्व शान्तिलाई पनि असर पुर्‍याएको बताए। 'चीन सबै पक्षसँग तुरुन्तै सैन्य कारबाही रोक्न अपिल गर्दछ। हामी तनाव कम गर्ने प्रयासमा प्रतिबद्ध छौं,' उनले भने।

राष्ट्रपति ट्रम्पले युरोपेली देशहरूलाई स्ट्रेट अफ होर्मुज खोल्न सहयोग नगरे नाटोको भविष्य नराम्रो हुने चेतावनी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.