प्रहरीको सक्रियता : एकै महिना ८२ मुद्दा दर्ता, ३४ जनाको उद्दार

प्रहरीको सक्रियता : एकै महिना ८२ मुद्दा दर्ता, ३४ जनाको उद्दार
सुन्नुहोस्

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले फागुन महिनाको कार्यसम्पादन सार्वजनिक गर्दै अपराध नियन्त्रणदेखि उद्धारसम्म उल्लेखनीय गतिविधि भएको जनाएको छ । 

प्रहरी तथ्यांकअनुसार सो महिनामा विभिन्न प्रकृतिका ८२ मुद्दा दर्ता भएका छन् । जसमध्ये ज्यानसम्बन्धी ९ वटा, आत्महत्यासम्बन्धी ३२ वटा, संगठित तथा आर्थिक अपराधका  १० वटा, सामाजिक अपराका  १२ वटा, महिला तथा बालबालिकासम्बन्धी ३ वटा, सवारी ज्यानसम्बन्धी ४ र अन्य १२ वटा रहेका छन् । जघन्य अपराधतर्फ कर्तव्य ज्यान १ र बैंकिङ कसुरसम्बन्धी  ७ गरी थप ८ मुद्दा दर्ता भएका छन् । 

फागुन महिनाभरि परेको १ सय ६० उजुरीमध्ये १ सय १  फछ्र्यौट भइसकेका छन् भने ५९ मुद्दा अनुसन्धानकै चरणमा छन् । लागूऔषध नियन्त्रण अभियान अन्तर्गत २४० ग्राम खैरो हिरोइनसहित ४ जना पक्राउ परेका छन् । सवारी दुर्घटनातर्फ फागुनमा ८७ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १५७ जना घाइते भएका छन् ।

यस्तै, आत्महत्या प्रयासमा रहेका ३४ जनाको समयमै उद्धार गरी ज्यान जोगाइएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । सुरक्षा चुनौतीका रूपमा देखिएको गौर–६ सबगढाको साम्प्रदायिक विवादमा २४ जना घाइते भएका थिए भने ५ सवारीसाधन जलेका र ३ घरमा क्षति पुगेको थियो ।

स्थिति नियन्त्रणका लागि प्रहरीले १५३ राउन्ड अश्रुग्यास र ३७ राउन्ड हवाई फायर गर्नुपरेको थियो । यसै अवधिमा १३ वटा आगलागीका घटनाबाट १ करोड १३ लाखभन्दा बढी क्षति भएको छ । घटनामा ३ जना घाइते भएका छन् भने १ सय ४ जनाको सुरक्षित उद्धार गरिएको रिजालले बताए । 

प्रहरीले अवैध गतिविधि नियन्त्रणमा पनि सक्रियता देखाउँदै ५० क्युफिट खयर काठसहित सवारीसाधन बरामद गरी १ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । साथै, हुन्डी कारोबारमा संलग्न एक जनामाथि सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरिएको छ ।
समुदाय–प्रहरी साझेदारीअन्तर्गत ७० जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदा १ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन् । विद्यालयमा साइबर अपराध, लागूऔषध र आत्महत्यासम्बन्धी कार्यक्रममार्फत ३२४ विद्यार्थी सहभागी गराइएको छ ।

प्रहरी परिचालनतर्फ मोबाइल, पैदल र ग्रामीण गस्ती गरी ७ हजारभन्दा बढी ड्युटी सञ्चालन गरिएको छ । साथै, ‘एक जिल्ला, एक समस्या’ अभियानअन्तर्गत लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर अभिमुखीकरणपछि अभिभावकको जिम्मा लगाइएको छ । हराएका तथा चोरी भएका ४ मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ । जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउँदै नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रहरीले आगामी दिनमा स्थानीय तह र नागरिकसँग सहकार्य अझ मजबुत बनाउने प्रहरी प्रमुख रिजालले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.