खोटाङमा हेलिकोप्टर दुर्घटना
काठमाडौं : खोटाङको केपीलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेसीमा हेलिकोप्टर दुर्घटना भएको छ। काठमाडौंबाट खोटाङ गएको एयरडाइनेस्टि एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो। हेलिकोप्टरमा पाइटलसहित ६ जना सवार थिए।
अवतरणका क्रममा अचानक सन्तुलन गुमाएर जमिनमा खस्न पुगेको स्थानीयले बताएका छन्। दुर्घटनापछि स्थानीयवासी तत्काल घटनास्थल पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रकाश बुढाथोकीले घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको बताए। उनका अनुसार प्रहरी टोली घटनास्थलतर्फ गएको छ।
पाइलट सबिन थापासहित ६ जना हेलिकोप्टरमा सवार रहेकोमा काजी बहादुर राई घाइते भएको डीएसपी बुढाथोकीले बताए । उद्धारको लागि अर्को हेलिकोप्टर काठमाडौंबाट आउँदै गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !