रंगेली पुगेर सीडीओले नै दिए आमाको नामबाट नागरिकता

रंगेली पुगेर सीडीओले नै दिए आमाको नामबाट नागरिकता
सुन्नुहोस्

विराटनगर : मोरङको रंगेलीमा पहिलो पटक आमाको नामबाट नेपाली नागरिकता वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा इलाका प्रशासन कार्यालय रंगेलीमार्फत सुरु गरिएको सेवाले लामो समयदेखि भोग्दै आएको नागरिकताको झन्झटिलो प्रक्रियामा महत्वपूर्ण सहजता ल्याएको स्थानीयले बताएका छन् ।

यसअघि आमाको नामबाट नागरिकता लिन सेवाग्राहीहरूलाई अनिवार्य रूपमा विराटनगर पुग्नुपर्ने बाध्यता थियो । भौगोलिक दूरी, खर्च र समयको कारण धेरै नागरिकहरू अधिकारबाट वञ्चित हुने अवस्था रहेको थियो । यही समस्यालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) युवराज कट्टेल स्वयं रंगेली नै पुगेर सेवा प्रवाह सुरु गरेका हुन् ।

कट्टेलले नागरिकलाई आधारभूत अधिकार दिलाउन प्रशासन नागरिककै घरदैलोमा पुग्नुपर्ने नीति अनुसार काम भइरहेको बताए । 

उनका अनुसार स्थानीय तहमै सेवा विस्तार गर्दा नागरिकको पहुँच बढ्ने मात्र नभएर राज्यप्रतिको विश्वास पनि बलियो बन्ने अपेक्षा गरिएको छ । कट्टेल आफैं रंगेली पुगेर आमाको नाममा नागरिकता जारी गरेर प्रदान गरेका हुन् । 

null

रंगेलीबाट दाजुभाइले पहिलो पटक यो सेवा लिएका छन् । रंगेली नगरपालिका–६ का कपिल कर्मकार र विदुर कर्मकार आमाको नामबाट नागरिकता प्राप्त गर्ने पहिलो सेवाग्राही बनेका हुन् । बुवाको निधन भइसकेका कारण उनीहरूले आमा फुलोदेवी मिस्त्रीको नामबाट नागरिकता पाएका छन् । नागरिकता प्राप्त गरेपछि उनीहरूले प्रशासनप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिएका छन् । पहिले नै बुवाको मृत्यु भइसकेको र आमाको नामबाट नागरिकता जारी नहुने गरेका कारण आफूहरु नागरिकताबाट लामो समयसम्म वञ्चित हुनु परिरहेको गुनासो उनीहरुको थियो । 

नागरिकता हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला, इलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख रोशन अधिकारीसहित अन्य कर्मचारीहरूको उपस्थिति थियो । कार्यक्रमलाई सफल बनाउन इलाका प्रशासनका कर्मचारीहरूले सक्रिय समन्वय गरेका थिए । 

रंगेली क्षेत्रबाट आमाको नाममा नागरिकता लिन आवेदन दिएका अन्य २१ जनाको पनि स्वीकृति भइसकेको छ । इलाका प्रशासन कार्यालयले उनीहरूलाई पनि चाँडै नागरिकता वितरण गर्ने तयारी भइरहेको जनाएको छ । आमाको नामबाट नागरिकता वितरण सुरु भएसँगै रंगेली क्षेत्रका बासिन्दामा उत्साह देखिएको छ । लामो समयदेखि कानुनी पहिचान खोज्दै संघर्ष गरिरहेका नागरिकहरूका लागि यो कदम राहत र अधिकार सुनिश्चितताको दिशामा महत्वपूर्ण प्रगति मान्नुपर्ने प्रजिअ कट्टेलको भनाइ छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.