सुजन थपलियाको कप्तानीमा कोशीले प्रधानमन्त्री कप खेल्ने टोली घोषणा

सुजन थपलियाको कप्तानीमा कोशीले प्रधानमन्त्री कप खेल्ने टोली घोषणा
सुन्नुहोस्

काठमाडौं : सुजन थपलियाको कप्तानीमा कोशी प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप खेल्ने टिम घोषणा गरेको छ । कोशीले बुधबार सुजनको नेतृत्वमा १५ सदस्यीय टिम घोषणा गरेको हो । 

कोशी प्रदेशको टिममा राजकुमार प्रधानले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । टिम व्यवस्थापकमा शशीशेखर झा रहेका छन् भने टिम फिजियोमा विपिन भट्टराई रहेका छन् । टिमले मुख्य १५ सदस्यीय टोलीसँगै ५ खेलाडीलाई वैकल्पिकको सूचीमा राखेको छ । 

आठौं संस्करणको प्रधानमन्त्री कप ४ वटा स्थानमा हुनेछ । यस पटक प्रधानमन्त्री कप काठमाडाै‌का २ खेल मैदान त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा हुनेछ । त्यस्तै जनकपुर र पर्सामा पनि प्रधानमन्त्री कपको खेलहरु हुनेछन् । 

कोशीको प्रधानमन्त्री कप खेल्ने टिमः 

null
सुजन थपलिया (कप्तान), सकिब हक(उपकप्तान), अंकित सुवेदी, फिर्दोष अन्सारी, दिपेश कँडेल, सोनु अन्सारी, विपिन कुमार महतो, श्रीवाशं बजगाईं(विकेप किपर), समिर कार्की, ज्ञानेन्द्र श्रेष्ठ, प्रेम कमाट, आसिष राना मगर, रोहन शाह, प्रभात किरण राई र सुमन श्रेष्ठ।

वैकल्पिक खेलाडी :
छविलाल खड्का, कविराज खत्री, सोनु शर्मा, आकाश सर्राफ र भुपाल दंगाल 
प्रशिक्षक : राजकुमार प्रधान
व्यवस्थापक : शशीशेखर झा
फिजियोथेरापिस्ट : विपिन भट्टराई
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.