अबैध नदी उत्खनन गर्ने आठ ट्याक्टर नियन्त्रणमा

अबैध नदी उत्खनन गर्ने आठ ट्याक्टर नियन्त्रणमा

रौतहट : चन्द्रपुर नगरपालिकाको चाँदीखोलामा भइरहेको अबैध नदीजन्य पदार्थको उत्खननमा सशस्त्र प्रहरीले कार्वाही गरेको छ । बिहीबार बिहानै ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

बिहीबार बिहानै खोलामा पुगेको सशस्त्र प्रहरी टोलीले बालुवा बोक्दै गरेका ट्याक्टरहरू नियन्त्रणमा लिएर चन्द्रपुर नगरपालिकाको जिम्मा लगाएको जानकारी दिएको छ । सशस्त्र प्रहरीका अनुसार चाँदीखोलाबाट अवैध रूपमा नदीजन्य वस्तु उत्खनन भइरहेको विशेष सूचनाका आधारमा कारबाही गरिएको हो।

केही समयअघि सो खोलामा भईरहेको अबैध उत्खननका  विषयमा अन्नपूर्णले समाचार प्रकाशित गरेको थियो । ‘अवैध उत्खनन रोक्ने अभियान’ चलाइएको सशस्त्र प्रहरी बेस सन्तपुरका प्रमुख बिश्व जीसीले बताए ।  चाँदीखोलामा लामो समयदेखि निरन्तर अवैध उत्खनन भइरहेको छ, तर सम्बन्धित निकायले आँखा चिम्लिँदै आएको आरोप छ । नगरपालिकाले भने सशस्त्रबाट बुझिएका ट्याक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.