टिपरसँग स्कुटर ठोक्किँदा किशोरको मृत्यु,अर्का एकजना गम्भीर

टिपरसँग स्कुटर ठोक्किँदा किशोरको मृत्यु,अर्का एकजना गम्भीर
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिकामा बिहीबार बिहान टिपरसँग स्कुटर ठोक्किएर दुर्घटना हुँदा एकजना किशोरको मृत्यु भएको छ । अर्का किशोर गम्भीर घाइते भएका छन् ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार सुन्दरहरैँचा–५ मा बाँसबारीमा बिहान १०:३० बजेतिर दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको टिपर र पूर्वतर्फ जाँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा सुन्दरहरैँचा–४ का १७ वर्षीय मौसम काफ्लेको मृत्यु भएको जानकारी लामिछानेले दिए ।

स्कुटरको पछाडि सवार रहेका काफ्ले दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उपचारका लागि बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर स्कुटर चालक सुन्दरहरैँचा–५ का १६ वर्षीय अनुप चापागाईं गम्भीर घाइते भएको डीएसपी लामिछानेले बताए । उनको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ । स्कुटर चालक चापागाईंसँग सवारी चालक अनुमति पत्र ९लाइसेन्स० भए–नभएको खुल्न बाँकी छ । उमेरका हिसाबले उनीसँग लाइसेन्स नभएको हुनसक्ने प्रहरीले जनाएको छ ।

टिपर र चालक सप्तरीको तिरहुत गाउँपालिका–२ का ५७ वर्षीय शिवनारायण खंगलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यलय बेलबारीका वरिष्ठ सई डम्बर थापा नेतृत्वको टोलीले बालुवा लोड गरिएको टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.