वन डढेलो नियन्त्रण गर्न विशेष अभियान

वन डढेलो नियन्त्रण गर्न विशेष अभियान
सुन्नुहोस्

रौतहट : सुख्खा याम सुरु भएसँगै वनमा डढेलो लाग्ने हुँदा  वनमा लाग्ने डढेलो नियन्त्रणका लागि रौतहटमा विशेष अभियान सञ्चालन गरिएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ रौतहटको सहकार्यमा सचेतनामूलक र्‍याली र कोणसभा गरी डढेलो नियन्त्रणबारे जनचेतना अभिवृद्धि गराइएको डिभिजन वन प्रमुख हेमन्त साहले बताए । 

null

बुधबार बिहान चन्द्रनिगाहपुरमा निकालिएको सचेतनामुलक र्‍यालीमा प्रहरी तथा सुरक्षाकर्मीहरू, नागरिक समाज, सञ्चारकर्मी, उपभोक्ताहरूको  उल्लेख्य सहभागितामा विभिन्न स्थानमा सचेतना फैल्याउँदै नगर परिक्रमा गरिएको छ ।

‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता, तीनै तहका सरकार र समुदायको सहभागिता’ मुल नारासहित आयोजना गरिएको र्‍यालीमा ‘वनमा आगो लगाउनु दण्डनीय अपराध हो, वन जङ्गल सबैको साझा सम्पत्ति हो, संरक्षण गर्नु सबैको दाईत्व हो,वन रहे जीवन रहन्छ“ जस्ता नारा सहितको प्लेकार्डसहित सहभागीहरुले वन संरक्षण गर्न प्रेरणा दिने प्रयास गरेका छ्न । 

null

डिभिजन वन अधिकृत साहले रास्टिय र सामुदायिक वनमा हुने आगलागी नियन्त्रण तथा व्यवस्थापनमा स्थानीय समुदायको महत्वपूर्ण जिम्मेवारी हुने भएकोले सबै सरोकारवालाहरू गम्भीर भएर लाग्नुपर्ने बताए । सरोकारवालाहरू सामुदायिक वनमा आगो लगाउने व्यक्ति पत्ता लगाएर कानुनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिदै पर्यावरण जोगाउनु सबैको दायित्व रहेको बताए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.