पर्यटकीय भिसामा रहेका खेलाडीलाई खेलमा सहभागी नगराउन एन्फालाई अध्यागमन विभागको निर्देशन

पर्यटकीय भिसामा रहेका खेलाडीलाई खेलमा सहभागी नगराउन एन्फालाई अध्यागमन विभागको निर्देशन
सुन्नुहोस्

काठमाडौं : जारी राष्ट्रिय लिग–२०८२ मा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटकीय भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले एन्फालाई त्यस्ता खेलाडीलाई खेलमा संलग्न नगराउन निर्देशन दिएको छ । 

अध्यागमन नियमावली २०५१ को नियम २० मा विदेशीहरु जुन भिसामा नेपाल आएको त्यो बाहेक अन्य गर्न नपाउने भन्ने उल्लेख रहेको बताएको छ । एन्फाले विदेशी खेलाडीलाई कार्य सहमति र श्रम स्विकृति नभइ नखेलाउन अनुरोध गरेको छ । 

अध्यागमन विभागमा परेको उजुरीका आधारमा बिहीबार (चैत ५) मा निर्देशन जारी भएको हो । चैत ५ बाट अध्यागमन विभागले निरीक्षण सुरु गर्ने र कानुन विपरितका खेलाडी मैदानमा भेटिएको खण्डमा कारबाही हुने उल्लेख गरेको छ । यसअघि पनि एन्फालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस विषयउपर पत्र पठाइसकेको छ । राखेपमा पनि विदेशी खेलाडी श्रम स्विकृति बिना मैदानमा खेलिरहेको भन्दै उजुरी परेको थियो ।

 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.