अग्निपीडित मुसहर परिवारलाई प्रदेश सरकारको राहत

अग्निपीडित मुसहर परिवारलाई प्रदेश सरकारको राहत
सुन्नुहोस्

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–३ का अग्निपीडित परिवारलाई कोशी प्रदेश सरकारका तर्फबाट प्रारम्भिक राहत वितरण गरिएको छ। बुधबार दिउँसोको भीषण आगलागीपछि घरबारविहीन बनेका मुसहर समुदायका ११ परिवारलाई राहत वितरण गरिएको हो। आगोले बस्तीका ११ वटा घर पूर्णरूपमा जलेर ध्वस्त भएका थिए। अग्निपीडित ऋषिदेव परिवारहरु जनता आधारभूत विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। 

पीडितलाई कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार खाद्यान्न, लत्ताकपडा र भाँडावर्तन वितरण गरेको हो। राहत वितरण कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम, गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, प्रदेश विपद् व्यवस्थापन समितिका सदस्य रामकुमार दाहाल र मन्त्रालयका जिन्सी शाखा प्रमुख देवराज भट्टराई उपस्थित थिए। 

राज्यमन्त्री गौतमले तत्कालका लागि प्रारम्भिक राहत वितरण गरिएको र पीडितलाई दीर्घकालीन पुनःस्थापनाका लागि थप पहल गरिने जानकारी दिए। प्रहरीका अनुसार आगलागीबाट १ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनापछि भूमिहीन र दैनिक ज्यालादारीमा निर्भर ऋषिदेव परिवारहरु थप संकटमा परेका छन्। 

घरभित्रका सबै सामग्री नष्ट भएपछि उनीहरू मानसिक र आर्थिक हिसाबले प्रभावित भएका छन्। पीडितका लागि थप राहत र दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको स्थानीय जनप्रतिनिधिहरुले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.