इजरायललाई इरानको चेतावनी- अब संयम अपनाइने छैन

इजरायललाई इरानको चेतावनी- अब संयम अपनाइने छैन
सुन्नुहोस्

काठमाडौं : इरानले इजरायललाई आफ्ना पूर्वाधारमा फेरि आक्रमण भए यसपटक कुनै पनि 'संयम' नअपनाइने चेतावनी दिएको छ। 

इरानका विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै इजरायलले इरानी पूर्वाधारमा आक्रमण गरेको र त्यसको प्रतिकारस्वरूप आफूहरूले आफ्नो शक्ति केवल सीमित रूपमा प्रयोग गरेको बताएका छन्। उनले तनाव घटाउन गरिएको आग्रहका कारण मात्रै पूर्ण प्रतिक्रिया नदिइएको उल्लेख गरेका छन्।

उनले चेतावनी दिँदै भनेका छन्, 'यदि हाम्रो पूर्वाधारमा फेरि आक्रमण भयो भने कुनै ‘संयम’ देखाइने छैन। यो द्वन्द्व तब मात्रै अन्त्य हुनेछ, जब हाम्रो नागरिक संरचनामा भएको क्षतिबारे पनि कुरा हुनेछ।' दक्षिण पार्स ग्यास क्षेत्रमा आक्रमण भएपछि इरानले खाडी क्षेत्रमा अमेरिकासँग सम्बन्धित तेल तथा ग्यास रिफाइनरीहरूमा आक्रमण गरेको जनाइएको छ। 

ती आक्रमणबाट साउदी अरेबिया, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स प्रभावित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.