‘हेयर एक्सटेंशन’ मा भेटिए स्तन क्यान्सरसँग सम्बन्धित ‘केमिकल’

‘हेयर एक्सटेंशन’ मा भेटिए स्तन क्यान्सरसँग सम्बन्धित ‘केमिकल’
सुन्नुहोस्

भारत : विश्वभरका लाखौं महिलाले प्रयोग गर्ने हेयर एक्सटेंशनमा यस्ता रसायनहरू हुन सक्छन्, जसले ब्रेस्ट क्यान्सर, हर्मोनको गडबडी र प्रजननसँग सम्बन्धित समस्या निम्त्याउन सक्छन् । यो दाबी हालसम्म गरिएको सबैभन्दा ठूलो अध्ययनमध्ये एकमा गरिएको हो।

वैज्ञानिकहरूले सिंथेटिक र प्राकृतिक दुवै प्रकारका कपालबाट बनेका विभिन्न उत्पादनहरू–जस्तै विग, ब्रेडिङ हेयर, वीभ्स र क्लिप–इन एक्सटेंशनको परीक्षण गरेका थिए । करिब सबै नमुनामा उनीहरूले करिब ५० वटा खतरनाक रसायन भेट्टाए । यी नतिजाहरू अमेरिकन केमिकल सोसाइटीको जर्नलमा प्रकाशित भएका छन् ।

यसपछि अर्बौं डलरको यस उद्योगमा कडा नियम बनाउने र उपभोक्तालाई बढी जानकारी दिने माग बढेको छ । अध्ययनकी प्रमुख लेखिका डा. एलिसिया फ्र्याङ्कलिन भन्छिन्, ‘हामी यस्ता कम्पनीहरूमा विश्वास गरिरहेका छौं, जसलाई आफ्ना उत्पादनमा खतरनाक रसायन प्रयोग नगर्ने जिम्मेवारी दिइएको छैन ।’

वैज्ञानिकहरूका अनुसार हेयर एक्सटेंशन विशेष रूपमा जोखिमपूर्ण हुन सक्छन्, किनकि तिनीहरू लामो समयसम्म लगाइन्छन् र लगातार छालासँग सम्पर्कमा रहन्छन् । यस्तो निरन्तर सम्पर्कले दीर्घकालमा स्वास्थ्य जोखिम बढाउन सक्छ । डा. फ्र्याङ्कलिन भन्छिन्, ‘हेयर एक्सटेंशन टाउकोको छाला, घाँटी र शरीरसँग हप्तौं, महिनौंसम्म सम्पर्कमा रहन्छ ।’

खतरनाक रसायनहरू
शोधकर्ताहरूका अनुसार ‘भर्जिन’ वा ‘नेचुरल’ भनेर बेचिएका कपालहरू पनि सुरक्षित हुन्छन् भन्ने जरुरी छैन । विश्वभर हेयर एक्सटेंशनको बजार तीव्र रूपमा बढिरहेको छ र सन् २०२८ सम्म यसको मूल्य १४ अर्ब डलरभन्दा बढी पुग्ने अनुमान छ ।

यद्यपि धेरै महिलाहरूले सौन्दर्य वा फेसनका लागि हेयर एक्सटेंशन रोज्छन्, तर अध्ययन अनुसार प्रयोगकर्ताहरूको ठूलो हिस्सा काला महिलाहरू हुन्, जसका लागि यो कपाल व्यवस्थापन गर्ने सजिलो तरिका हो । सिंथेटिक एक्सटेंशन करिब २० डलरमा पाइन्छन् भने उच्च गुणस्तरका मानव कपालबाट बनेका एक्सटेंशन हजारौं डलरसम्म पर्न सक्छन् ।

वैज्ञानिकहरूले परीक्षण गरेका ४३ नमुनामध्ये कुल १७० विभिन्न रसायन भेटिए । तीमध्ये ४८ रसायन संयुक्त राष्ट्र र युरोपेली केमिकल एजेन्सीका खतरनाक रसायन सूचीमा परेका थिए । डा. फ्र्याङ्कलिन भन्छिन्, ‘यिनमा आगोबाट जोगाउने रसायनदेखि लिएर कीटनाशकसम्म थिए, साथै फ्थालेट जस्ता पदार्थ पनि थिए, जसले हर्मोनलाई असर गर्छ ।’

अध्ययनले देखायो कि स्तन क्यान्सरसँग सम्बन्धित १७ रसायन ३६ नमुनामा भेटिए । करिब १० प्रतिशत नमुनामा खतरनाक अर्गानो–टिन यौगिक पनि भेटिए । यी रसायनहरू छालामा जलन र हर्मोनमा असर गर्नेसँग सम्बन्धित छन्, जसले प्रजनन क्षमता र शरीरका विकास प्रक्रियामा असर गर्न सक्छ ।

सबैभन्दा बढी भेटिएको रसायन फिनोल थियो, जसको प्रयोग काठ जोड्ने गोंदमा गरिन्छ । साथै प्लास्टिकलाई लचिलो बनाउन प्रयोग हुने बिष (२–एथिलहेक्सिल) फ्थालेट पनि भेटियो । शोधकर्ताहरूका अनुसार यी रसायनहरूले शरीरमा स्तन क्यान्सरसँग सम्बन्धित जैविक परिवर्तनहरू निम्त्याउन सक्छन् ।

मानव कपाल सुरक्षित छ ?
वैज्ञानिकहरूले केही ‘भर्जिन’ वा ‘र’ भनिएका मानव कपालका नमुनाहरू पनि परीक्षण गरे । तर आश्चर्यजनक रूपमा, केही मानव कपालका नमुनामा पनि सिंथेटिक कपालभन्दा बढी खतरनाक रसायन भेटिए । डा. फ्र्याङ्कलिन भन्छिन्, ‘सिर्फ कपाललाई मानव वा प्राकृतिक भनेर लेबल लगाइएकोले त्यो सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी हुँदैन ।’ केही मानव कपालका नमुनामा पाँचदेखि सात वटा खतरनाक रसायन भेटिएका थिए । 

जोखिम र असर
हेयर एक्सटेंशन प्रयोग गर्दा विभिन्न समस्याहरू देखिएका छन्, जस्तै : चिलाउने, रातोपन, फोका, ढुसी र दुर्लभ अवस्थामा सास फेर्न समस्या । यी रसायनहरू छालाबाट र सासबाट शरीरभित्र जान सक्छन् ।

सुरक्षासम्बन्धी चिन्ता
अहिले यी रसायनहरूको प्रयोगमा स्पष्ट नियम छैन । त्यसैले उत्पादकहरूले पर्याप्त जानकारी नदिईकन उत्पादन बेच्न सक्छन् । हेयर एक्सटेंशनलाई प्रायः सौन्दर्य प्रसाधन श्रेणीमा नराखिएकाले, तिनीहरूमा कडा सुरक्षा परीक्षण लागू हुँदैन । डा. फ्र्याङ्कलिन भन्छिन्, ‘यदि यी उत्पादन बजारमै नभएको भए, हामीले छनोट गर्ने आवश्यकता नै पर्ने थिएन ।’ बीबीसी हिन्दीबाट
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.