राजमार्गमै सवारीसाधनको यान्त्रिक उपकरण चेकजाँच

राजमार्गमै सवारीसाधनको यान्त्रिक उपकरण चेकजाँच
सुन्नुहोस्

रौतहट : जिल्ला ट्राफिक कार्यालय र यातायात ब्यवस्थापन कार्यालय गौरको टोलीले सवारी साधनको यान्त्रिक चेकजाच सुरु गरेको छ । 

null

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रनिगाहपुर रौतहट र यातायात व्यवस्था कार्यालय गौर, रौतहटको संयुक्त आयोजनामा ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्र थापा मगरको कमाण्डमा ७ जना र यातायात व्यवास्था कार्यालय, गौर रौतहटका मेकानिकल सुपरभाइजर अनिश साहलगायतको प्राविधिक टोलीले शनिबार पूर्व–पश्चिम महेन्द्र राजमार्गमा चेकजाँच सुरु गरेको छ ।  

चन्द्रपुर–४ स्थित पूर्व पश्चिम राजमार्गमा चल्ने ३५ वटा सार्वजनिक सवारी साधन (बस, ट्रक, टाटा सुमो, ईभी) हरुको यान्त्रिक परिक्षण गरी समस्या रहेको सवारी साधनहरुलाई आवश्यक मर्मत तथा सर्भिसिङ्ग गर्न सुझाव दिंदै समयमा नै सवारी साधानहरुको यान्त्रिक परिक्षण गर्न सुझावसहित सवारी दुर्घटना हुनबाट बच्ने उपायका बारेमा सचेत गराइएको ट्राफिक प्रहरी प्रमुख राजेन्द्र थापाले जानकारी दिए । 

null

पूर्व–पश्चिम जोड्ने राजमार्ग मुख्य राजमार्ग रहेकाले गुड्ने सवारी साधनको अवस्था बुझ्न यो अभियान सुरु गरिएको निरीक्षक थापाले अन्नपूर्णलाई बताए । दुर्घटना न्यूनीकरण नै ट्राफिकको मुख्य उद्देश्य भएकाले सवारी चलाउनु अघि अवस्था बुझेर, चेकजाँच गरेर चलाएमा सम्भावित दुर्घटना टर्ने भएकाले सबैले सवारी चलाउँदा  सचेतना अपाउनु पर्ने निरीक्षक थापाले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.