प्रधानमन्त्री मोदीले इरानका राष्ट्रपतिसँग कुरा गर्नु के संकेत हुन सक्छ ?

प्रधानमन्त्री मोदीले इरानका राष्ट्रपतिसँग कुरा गर्नु के संकेत हुन सक्छ ?
सुन्नुहोस्

भारत : प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार इरानका राष्ट्रपति मसूद पेजेश्कियानसँग फोनमा कुरा गरे । यसको जानकारी उनले एक्समा दिएका छन् । उनले ‘क्षेत्रका महत्वपूर्ण ऊर्जा संरचनामा भइरहेका आक्रमण’ को निन्दा गर्दै यसले ‘विश्वव्यापी तेल आपूर्तिमा असर पारेको छ’ भने ।

त्यही दिन संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले ‘स्ट्रेट अफ होर्मुजमा जहाजहरूमा भएका इरानी आक्रमण’ सम्बन्धी २२ देशको संयुक्त वक्तव्य जारी गर्‍यो । यसमा व्यापारिक जहाजहरूमा भएका आक्रमणहरूको निन्दा गरिएको थियो । ती २२ देशमा भारतको नाम भने समावेश थिएन । अर्थात्, भारतले इरानको आलोचना गर्नबाट जोगिएको देखिन्छ ।

जबकि यसअघि भारतले खाडी देशका धेरै नेताहरूसँग कुरा गर्दै त्यहाँ भएका इरानी आक्रमणहरूको निन्दा गरेको थियो । मार्च २ मा प्रधानमन्त्री मोदीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग पनि कुरा गर्दै क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा जोड दिएका थिए ।

शनिबार भारतले इरानबारे अपनाएको रुख पहिलेभन्दा पूर्ण रूपमा फरक नभए पनि केही भिन्न भने अवश्य थियो । यसअघि पनि इरान–युद्धबारे प्रधानमन्त्री मोदीले क्षेत्रीय शान्ति, स्थिरता र संवादको पक्षमा जोड दिँदै आएका थिए । तर यो पहिलो पटक थियो जब उनले इरानी राष्ट्रपतिसँग कुरा गर्दा ऊर्जा केन्द्रहरूमा भएका आक्रमणको निन्दा गरे ।

शनिबार के भयो ?
प्रधानमन्त्री मोदीले इरानी राष्ट्रपतिसँग कुरा गरेको जानकारी एक्समा दिँदै लेखे, ‘डा. मसूद पेजेश्कियानसँग कुरा गरेर उहाँलाई ईद र नवरोजको बधाई दिएँ । हामी आशा गर्छौं कि यो पर्वको वातावरणले पश्चिम एसियामा शान्ति, स्थिरता र समृद्धि ल्याओस् ।’ ‘मैले क्षेत्रका आधारभूत संरचनामा भएका आक्रमणहरूको निन्दा पनि गरें, जसले क्षेत्रीय स्थिरता र विश्व तेल आपूर्तिमा असर पारेको छ । हामीले समुद्री यातायातको सुरक्षा र शिपिङ मार्गहरू खुला र सुरक्षित रहनु महत्वपूर्ण छ भन्नेमा जोड दियौं ।’

यसपछि केही घण्टामा उनले फारसी भाषामा पनि पोस्ट गरेर यो जानकारी साझा गरे । युद्ध सुरु भएयता यो मात्र दोस्रो पटक हो जब मोदीले पेजेश्कियानसँग कुरा गरे । भारतस्थित इरान दूतावासले पनि उक्त कुराकानीबारे पोस्ट गर्दै लेख्यो कि इरानले युद्ध सुरु नगरेको र आफूहरूलाई बिना उक्साहट आक्रमण गरिएको हो । पेजेश्कियानले भने अमेरिका र इजरायललाई आक्रमण रोक्न र भविष्यमा यस्तो नहोस् भन्ने ग्यारेन्टी दिन आग्रह गरे । उनले ब्रिक्समा भारतको भूमिकालाई उल्लेख गर्दै भारतले क्षेत्रीय र वैश्विक शान्तिमा स्वतन्त्र भूमिका खेल्नुपर्ने बताए । 

विशेषज्ञहरूका अनुसार, यस पटक मोदीले पहिलो पटक इरानसँग कुरा गर्दा ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणको निन्दा गरे र तेल आपूर्ति सुरक्षित राख्न जोड दिए । यसले देखाउँछ कि अमेरिकी–इजरायली कदमले भारतको आर्थिक र ऊर्जा हितमा असर पार्न सक्छ । हर्मुज स्ट्रेटबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुन्छ । भारतको ठूलो हिस्सा ऊर्जा यही बाटो हुँदै आउँछ । त्यसैले यदि यो मार्ग अवरुद्ध भयो भने भारतमा इन्धन संकट आउन सक्छ । विशेषज्ञहरूका अनुसार, भारतको यो नयाँ रुख मुख्यतः ऊर्जा सुरक्षा र आर्थिक हितसँग जोडिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.