बागमतीलाई हराउँदै एपीएफको विजयी सुरुवात

बागमतीलाई हराउँदै एपीएफको विजयी सुरुवात
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ मा एपीएफले विजयी सुरुवात गरेको छ । बागमती प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । 

माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७१ रन बनाएको थियो । एपीएफले दिएको २७२ को बलियो लक्ष्य पछ्याएको बागमती प्रदेशले ४५.१ ओभरमा २०० रन बनाउँदै अलआउट भएको हो । 
बागमतीको लागि विवेक मगरले सर्वाधिक ३४ रन बनाउँदै स्टम्पिङ आउट भए ।

उनले पाँचौं विकेटको लागि उत्तम मगरसँग ५७ रनको साझेदारी गर्दै बागमतीको क्रिज सम्हालेका थिए । ओपनरद्वय आशुतोष घिरौया र शुभ कंसाकर सस्तैमा पेभेलियन फर्किदा शिवम् तिवारीले २५ रन बनाए । इशान पाण्डे १७ र उत्तम मगरले २६ रन बनाए । सुवास खत्रीले २७ रन बनाए । रिजन ढकाल २० रनमा अविजित रहे। अन्तिम विकेटका लागि रिजन र सुवासले ५३ रनको साझेदारी गरेका थिए । 
 

एपीएफका लागि कप्तान रोहित पौडेल र अभिषेश गौतमले समान ३–३ विकेट लिए । कमल सिंह ऐरी, नन्दन यादव, अमर सिंह रौतेला र युवराज खत्रीले १–१ विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको एपीएफका लागि ओपनर ब्याटर आसिफ शेखले ११४ रनको शतकीय पारी खेले । उनले १०५ बलमा १४ चौका र ३ छक्का प्रहार गरे ।

उनी प्रधानमन्त्री कप एकखिवसीय प्रतियोगिता २०२६ मा शतकीय पारी खेल्ने पहिलो खेलाडी बनेका छन् । सन्दीप जोराले ५२ रनको अर्धशतीय पारी खेले । सुमित महर्जतनले १८, लोकेश बमले २९ रन बनाउँदा युवराज खत्री र कमल सिंह ऐरी क्रमशः २६ र ३ रनमा अविजित रहे । 

बागमती प्रदेशको लागि बलिङतर्फ रिजन ढकालले सर्वाधिक ४ विकेट लिए । इशान पाण्डेले २ विकेट लिँदा सोनु देवकोटा र मप्तान सन्दीप लामीछानेले १–१ विकेट लिए । बागमती प्रदेशले आफ्नो दोस्रो खेल चैत १० मा गण्डकी प्रदेशसँग खेल्नेछ । यो खेल तल्लो मूलपानी मैदानमा हुनेछ । त्यस्तै एपीएफले दोस्रो खेल नेपाल पुलिससँग चैत १० मा नै खेल्नेछ । एपीएफ र पुलिसले माथिल्लो मूलपानीमा खेल्ने छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.