आर्मीको विजयी सुरुवात

आर्मीको विजयी सुरुवात
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट राष्ट्रिय प्रतियोगिता २०२६ मा नेपाल पुलिस क्लबलाई २२ रनले हराउँदै त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । तल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो । 

आर्मीले दिएको २४४को विजयी लक्ष्य पछ्याएको पुलिस ४५.३ ओभरमा २२१ रन बनाउँदै अलआउट भएको हो । पुलिसका लागि रासिद खानले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले । उनले ८२ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ओपनर शंकर रानाले ४६ रन बनाउँदा कप्तान आरिफ शेखले ३८ रन बनाए । गुल्सन झाले १०, करण केसीले २३ र श्रवण यादवले १३ रन बनाए । 

त्रिभुवन आर्मीको लागि नरेन साउदले सर्वाधिक ३ विकेट लिए । आकाश चन्दले २ कुशल मल्ल, साहब आलम, वसिर अहमद र पवन कार्कीले १–१ विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको आर्मीको लागि मध्यक्रमका ब्याटर वसिर अहमदले शतकीय पारी खेले । उनले ८६ बलमा ८ चौका र २ छक्का प्रहार गरे । जारी प्रधानमन्त्री कपमा शतक बनाउने उनी दोस्रो खेलाडी हुन् । पहिलो आज नै माथिल्लो मूलपानी मैदानमा जारी खेलमा एपीएफका आसिफ शेखले शतकीय पारी खेलेका थिए ।

भिम सार्कीले ६२ रनको अर्धशतकीय पारी खेले । ओपनरद्वय तृतराज दास र इम्रान शेखले क्रमशः १३ र १० रन बनाउँदै पेभेलियन फर्किए । अर्जुन साउदले १० रन बनाए । नरेन साउद २१ रनमा अविजित रहे । नेपाल पुलिसका लागि श्रवण यादवले ३ विकेट लिए । सागर ढकाल र रसिद खानले २–२ विकेट लिए । ललित राजवंशीले १ विकेट लिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.