मोरङमा क्षयरोगको जोखिम, संक्रमण र मृत्यु दर बढ्यो

मोरङमा क्षयरोगको जोखिम, संक्रमण र मृत्यु दर बढ्यो
सांकेतिक तस्वीर

विराटनगर : मोरङमा क्षयरोगको जोखिम तीव्र गतिमा बढिररहेको छ । क्षयरोगका संक्रमित र यसका कारण हुने मृत्युदरमा लगातार वृद्धि भइरहेको स्वास्थ्य कार्यालय मोरङको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा जिल्लामा १,२७७ जना क्षयरोगी फेला परेका थिए भने २०८१–०८२ मा संख्या बढेर १,३४० पुगेको थियो । चालु आर्थिक वर्ष २०८२–०८३ को फागुन मसान्तसम्म ८३० जना नयाँ संक्रमित फेला परिसकेका छन् । संक्रमित थपिने क्रम जारी छ । 
मृत्युदर पनि बढ्दो क्रममा छ । आर्थिक वर्ष २०८०–०८१ मा ३० र २०८१–०८२ मा ४० जनको मृत्यु भएको थियो । चालु वर्षको फागुनसम्ममा मृत्यु हुनेको संख्या ३५ पुगिसकेको छ । 

स्वास्थ्य कार्यालय मोरङका क्षय–कुष्ठरोग अधिकृत मुलुकचन्द राजवंशीका अनुसार जिल्लाका १७ वटै पालिकामा १२३ वटा डट सेन्टरमार्फत परीक्षण र उपचार भइरहेको छ । २० स्थानमा खकार जाँच केन्द्र सञ्चालनमा रहेका छन् भने जेन एक्सपर्ट परीक्षण सेवा विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्था, मंगलबारे अस्पताल, नोबेल अस्पताल र कोशी प्रादेशिक प्रयोगशालामा उपलब्ध रहेको उनले बताए । 

राजवंशीले भने, ‘उपचारमा सुधार आए पनि बिरामीले औषधि बीचमै छाड्ने प्रवृत्ति बढ्दै गएको छ । विशेष गरी भारतसँग सीमा जोडिएका दक्षिणी गाउँहरूमा यो समस्या देखिएको छ, जसले रोग नियन्त्रणमा चुनौती थपेको छ ।’

यसैबीच, विराटनगर महानगरपालिका, पथरीशनिश्चरे नगरपालिका र केराबारी गाउँपालिकालाई ‘क्षयरोग मुक्त पालिका’ घोषणा गर्ने तयारी भइरहेको छ । सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी र रंगेलीमा नगरपालिकामा क्षयरोगीको संख्या बढी रहेको तथ्यांकले देखाएको छ ।

विश्व क्षयरोग नियन्त्रण दिवसको अवसरमा मंगलबार ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ प्रभातफेरी, निःशुल्क स्वास्थ्य परीक्षण र पोषणयुक्त खाद्यान्न वितरण कार्यक्रम गरिएको छ । राजवंशीले मोरङमा क्षयरोग नियन्त्रण तथा उन्मूलन अभियानलाई तीव्र बनाइएको जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.