मनहरीमा १७१ किलो गाजासहित स्याङतान प्रक्राउ
हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका–९ बाट प्रहरीले १७१ किलो २१ ग्राम गाजासहित अक्कलप्रसाद स्याङतानलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार विहान ईलाका प्रहरी कार्यालय मनहरीबाट खटि गएको टोलिले मनहरीमा रहेको हरियाली सामुदायिक वनको भित्री बाटोमा राक्सिराङ गाउँपालिका–१ भाबरबाट खरंगा पुर्व पश्चिम हाइवेतर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको हात्ती गाडीलाई शंका लागि चेकजाँच गर्दा उक्त गाडीको पछाडी लोड गरी ल्याएको २७ प्याकेट गाजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।
यस्तै प्रहरीले उक्त गाडी चालक राक्सिराङ गाउँपालिका–४ सितताक बस्ने अन्दाजी २० बर्षीय अक्कलप्रसाद स्याङतानलाई गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस !