ट्याङ्करले स्कुटरलाई ठक्कर दिंदा एकको मृत्यु

ट्याङ्करले स्कुटरलाई ठक्कर दिंदा एकको मृत्यु
सुन्नुहोस्

चितवन : तेलको ट्याङ्करले स्कुटरलाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार अपरान्ह पूर्बी चितवन रत्ननगर नगरपालिका–९ निपनी चोकमा खैरहनीबाट भरतपुरतर्फ जाँदै गरेको लु २ ख २८९४ नं.को तेलको ट्याङ्कर ले ठक्कर दिएको हो । 

प्रहरीका अनुहार भित्री बाटोबाट निस्किँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.७ बस्ने बर्ष ५३ को पूर्ण सापकोटा सकुशल रहे पनि पछाडि सवार अन्दाजी ३० देखि ३५ वर्षीय मिना रेग्मीको घटनास्थलमै मृत्यु भएको हो । 

ठक्कर दिएको तेलको ट्याङ्कर चालक चितवनको राप्ती न.पा.७ बस्ने २४ वर्षीय  सुजन तामाङ प्रहरीको नियन्त्रणमा छन् । यातायात डाइभर्ट गरी सञ्चालनमा रहेको, उक्त स्थानमा इप्रका टाँडीबाट प्र.ना.उ. सुवाष भट्टको कमाण्डमा २० जना र जिप्रका चितवनबाट प्र.नि. भोला तिवारीको कमाण्डमा १७ जनाको टोली खटि गएको, सोहि ट्याङ्करले सडक छेवैमा रोकिरहेको अन्य दुई वटा मोटरसाइकललाई ठक्कर दिएको हो । ना ६५ प ७८८३ नं.को मो.सा, ना ५५ प ८०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा  क्षति भएको, इलाका प्रहरी कार्यालय टाँडीका इन्चार्ज सुवास भट्टले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.