पुलिसको पहिलो जित, एपीएफको पहिलो हार

पुलिसको पहिलो जित, एपीएफको पहिलो हार
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ मा नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ ।विभागीय डर्बीको खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबमाथि १८५ रनको फराकिलो जित दर्ता गरेको हो । 

नेपाल पुलिस क्लबको यो पहिलो जित हो भने एपीएफको यो पहिलो हार हो । माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५५ रन बनाएको थियो । पुलिसले दिएको ३५६ रनको बलियो लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १७० रन बनाउँदै अलआउट भयो । 

एपीएफको लागि नन्दन यादवले सर्वाधिक ४४ रन बनाए । उनले ५५ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। कमलसिंह ऐरीले ३५ रन बनाए । आसिफ शेखले १८, कप्तान रोहित पौडेलले ११, सन्दीप जोराले २४ र पुरन विकले २० रन बनाए । एपीएफलाई सस्तैमा रोक्न पुलिसका बायाँ हाते स्पिनर ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । करण केसी, रासिद खान र दिनेश खरेलले २–२ विकेट लिए। सागर ढकालले १ विकेट लिए । 

त्यसअघि, ब्याटिङ गरेको पुलिसका लागि शंकर रानाले सर्वाधिक ६१ रन बनाए । उनले ५४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर ब्याटर दिनेश खरेलले ६० रन बनाए । अमित श्रेष्ठले ३९ रन बनाए । रासिद खान ४४ रन बनाए । कप्तान आरिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले । दिलसद अलि ५१ रनमा अविजित रहे । 

एपीएफको लागि कमलसिंह ऐरी र अमरसिंह रौतेलाले २–२ विकेट लिए । युवराज खत्री, कप्तान रोहित पौडेल र नन्दन यादवले १–१ विकेट लिए । दुवै टोलीको यो दोस्रो खेल थियो । एपीएफले पहिलो खेलमा बागमती प्रदेशलाई  ७१ रनले पराजित गरेको थियो । पुलिसले भने पहिलो खेल त्रिभुवन आर्मीसँग हार बेहोरेको थियो । पुलिस आर्मीसँग २२ रनले पराजित भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.