युवती अपहरण गरी बलात्कार र लुटपाट आरोपमा सिटी सफारी चालक पक्राउ

युवती अपहरण गरी बलात्कार र लुटपाट आरोपमा सिटी सफारी चालक पक्राउ
सुन्नुहोस्

सुनसरी : सुनसरीको धरान उपमहानगरपालिकामा किशोरीलाई अपहरण गरी बलात्कार र  लुटपाटको आरोपमा सिटी सफारी चालक पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार चैत ६ गते बेलुका धरान उपमहानगरपालिका–५ घर भई हाल मोरङको सुन्दर हरैचा नगरपालिका–७ गोठगाउँस्थित मावली घर बस्दै आएकी १९ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार र  लुटपाट गर्ने  सफारी चालक पक्राउ परेका हुन् ।

किशोरी मावलाबाट धरान घरमा आफ्नो पुरानो कपडा लिन आएकी थिइन् । कपडा लिन घर फर्किने क्रममा भोटेपुलमा बसको प्रतीक्षामा बसिरहेको बेला एक अपरिचित व्यक्तिले सिटी सफारीमा चढ्न आग्रह गर्दै उनलाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी राईले बताए । सफारी चालकले उनलाई एकान्त स्थानमा लगी कुटपिट गरी बेहोस बनाएको र मोबाइल समेत लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी नायव उपरीक्षक भीषणबाबु राईको कमाण्डमा खटिएको टोलीले घटनास्थल आसपासका सीसीटीभी फुटेजको सूक्ष्म अध्ययन गर्दा प्रयोग भएको सिटी सफारीको नम्बर खुल्न आएको थियो । अनुसन्धानका क्रममा  सफारी चालक सुनसरीको रामधुनी नगरपालिका–२ परिसापुर बस्ने २६ वर्षीय रोशन विश्वकर्मा रहेको पहिचान भएपछि उनलाई मंगलबार आफ्नै घरबाट पक्राउ गरिएको छ ।

पीडितले आरोपितलाई सनाखत गर्दै दिएको किटानी जाहेरीका आधारमा उनले साकेला पार्क नजिकको एकान्त जंगलमा लगी हात बाँधेर कुटपिट गर्नुका साथै जबरजस्ती करणी गरी मोबाइल समेत लुटेको उल्लेख गरिएको छ । घटनामा संलग्न विश्वकर्माविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.