मध्य पूर्वमा ठूलो संख्यामा सेना तैनाथ गर्दै अमेरिका

मध्य पूर्वमा ठूलो संख्यामा सेना तैनाथ गर्दै अमेरिका
सुन्नुहोस्

अमेरिका : अमेरिकाले मध्य पूर्वमा ठूलो संख्यामा आफ्ना सैनिक तैनाथ गर्ने तयारी गरेको छ। जसलाई इरानसम्बन्धी सम्भावित अपरेशनका लागि परिचालन गरिने जनाइएको छ । 

संयुक्त राज्य अमेरिकाको सेनाको 82nd Airborne Division अन्तर्गतका करिब १,००० सैनिकहरू आगामी केही दिनभित्र मध्यपूर्वमा पठाइने अपेक्षा गरिएको छ स्रोतलाई उदगृद गर्दै सीएनएनले समाचार लेखेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानसँग द्वन्द्व अन्त्य गर्न वार्ता भइरहेको बताइरहेको बेला यसले क्षेत्रमा सैन्य शक्ति थपिएको देखाउँछ ।

यस टोलीमा डिभिजनका कमाण्डर मेजर जनरल ब्रान्डन टेग्टमियर, डिभिजन स्टाफ, साथै फस्ट ब्रिगेड कम्ब्याट टिमको एक बटालियन समावेश छन् । जुन हाल डिभिजनको तत्काल प्रतिक्रिया बल (Immediate Response Force) को रूपमा काम गरिरहेको छ । एक स्रोतका अनुसार प्रारम्भिक टोली एक हप्ताभित्र तैनाथ हुन थाल्नेछ । ब्रिगेडका अन्य तत्वहरू पनि पछि पठाइने अपेक्षा गरिएको छ, तर परिस्थितिअनुसार योजना परिवर्तन हुन सक्छ ।

यो ब्रिगेड मध्यपूर्वमा ‘तत्पर इकाइ’ का रूपमा रहनेछ, आवश्यक परे तत्काल प्रयोग गर्न सकिनेछ । डिभिजनले सन् २०२० मा इरानी कमाण्डर कासिम सुलेमानीको हत्या पछि पनि यस्तै तैनाथी गरेको थियो । Immediate Response Force भनेको यस्तो ब्रिगेड हो जुन छोटो सूचनामै केही घण्टाभित्रै तैनाथ हुन सक्ने द्रुत प्रतिक्रिया बल हो । यो जिम्मेवारी अमेरिकी सेनाका विभिन्न ब्रिगेडहरूबीच पालैपालो दिइन्छ । पहिलो स्रोतका अनुसार हालसम्म औपचारिक आदेश जारी भइसकेको छैन, तर चाँडै आउने अपेक्षा गरिएको छ ।

राष्ट्रपति ट्रम्पले सोमबार अमेरिका र इरानबीच द्वन्द्व अन्त्य गर्न १५ बुँदामा सहमति भएको बताएका थिए र इरानले सम्झौता गर्न चाहेको बताएका थिए । यद्यपि, इरानले यसअघि कुनै वार्ता नभएको दाबी गरेको थियो । तर मंगलबार एक इरानी स्रोतले दुवै देशबीच ‘सम्पर्क’ भइरहेको र इरान ‘दीर्घकालीन समाधान’ सुन्न तयार रहेको जनाएको छ । वार्ता भइरहे पनि, हजारौँ अमेरिकी सैनिकहरू थप रूपमा यस क्षेत्रमा पठाइँदै छन् ।

हालै दुई समुन्द्री अभियान इकाइहरु र जल–थल दुबै माध्यममा परिचालन हुने समूह पनि मध्यपूर्वतर्फ पठाइएका छन्, जसले ठूलो सैन्य शक्ति थपेका छन् । रिपोर्ट अनुसार बक्सर एम्फिवियस ग्रुपलाई इन्डो प्यासिफिकबाट छिटो मध्यपूर्वतर्फ सारिएको छ, जहाँ ट्रिपोलि एम्फिवियस ग्रुप पनि तैनाथ भइरहेका छन् । यी समूहहरूमा प्रत्येकमा करिब ४,५०० समुन्द्री सैनिक र नौसेनाका सदस्यहरू हुन्छन् र यसमा जमिनमा लडाइँ मात्र नभई उड्डयन र रसदसम्बन्धी व्यापक क्षमता पनि हुन्छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.