प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमले दियो मधेसलाई १६१ रनको लक्ष्य
वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वीरगन्जमा जारी खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई १६१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४३.२ ओभरमा सबै विकेट गुमाएर १६० रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनर अभिषेक पालले सर्वाधिक ३३ रन बनाए । यसैगरी किरण ठगुन्ना र नारायण जोशीले २३र२३ रन बनाउँदा अशोक धामीले १९ रन जोडे । मधेसका लागि अरनिको यादवले तीन,प्रदीप पासवानले दुई विकेट लिए भने रुपेश सिंह, आदिल आलम, पवन सर्राफ र डेब्यु खेल खेलेका आशिक बैठाले समान एक/एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको मधेसले चार ओभरमा एक विकेट गुमाएर २० रन जोडेको छ । ओपनरसमेत रहेका मधेसका कप्तान अनिल साह १० रनमा आउट भएका छन् । सुदूरपश्चिमका शेर मल्लले अनिलको विकेट लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस !