नेपालका आठ खेलाडीले इयू टी–२० बेल्जियम लिग खेल्ने

नेपालका आठ खेलाडीले इयू टी–२० बेल्जियम लिग खेल्ने
सुन्नुहोस्

काठमाडौं : इयू टी–२० बेल्जियम लिगमा नेपालबाट आठ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा प्रायः राष्ट्रिय टिमका खेलाडी छन् भने इशान पाण्डे सिनियर राष्ट्रिय टोलीका सदस्य होइनन् । 

नेपालबाट सन्दीप लामिछाने लिएज रेड लायन्समा प्रि अक्सनमा नै अनुबन्ध भइसकेका थिए । त्यस्तै दिपेन्द्रसिंह ऐरी पनि यसअघि नै जेबी ब्रुजमा अनुबन्ध भइसकेका छन् । मंगलबार भएको अक्सनबाट नेपालका अन्य ६ खेलाडी विभिन्न टिममा अनुबन्ध भएका हुन् । 

जसमा कप्तान रोहित पौडेल ग्लेन्ट ग्लाडिएटर्समा अनुबन्ध भएका हुन् । नेपाली राष्ट्रिय टिमका विकेटकिपर ब्याटर आसिफ शेख आन्थ्रोप एंकर्समा अनुबन्ध भएका हुन् । त्यस्तै, गुल्सन झा, इशान पाण्डे, अनिलकुमार साह र ललितनारायण राजवंशी जेबी ब्रुजमा अनुबन्ध भएका हुन् । 

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम जनकपुर बोल्ट्सको लगानीकर्ता  ड्रिम्स स्पोट्र्सकै लगानी रहेको टिम हो जेबी ब्रुज । ब्रजले नेपाली खेलाडीलाई बेल्जियमका प्रमुख ५ शहरको नाममा नामाकरण गर्दै ५ टिमले यस लिगमा सहभागिता जनाउने छन् । यो प्रतियोगिता जुन ६ देखि १४ सम्म हुनेछ । यस प्रतियोगिताको लागि नेपालबाट २२ जना खेलाडीले नाम दर्ता गराएका थिए । जसबाट आठ जना खेलाडीले लिगमा चार वटा फरक टिमबाट खेल्ने छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.