जब पृथ्वी सर्छ, एआईले त्यसलाई देख्न सक्छ

जब पृथ्वी सर्छ, एआईले त्यसलाई देख्न सक्छ
सुन्नुहोस्

काठमाडौं : अचानक र अप्रत्याशित रूपमा हुने पहिरो र हिमपहिरोले प्रत्येक वर्ष हजारौंको ज्यान लिन्छन् र अर्बौं डलरको क्षति पुर्‍याउँछन् । के हामी यी घटनाहरू आउनु अघि नै देख्न सक्छौं ? नेपालको मध्यभागमा रहेको किमटाङ गाउँ वरिपरि केही संकेतहरू छन् जसले केही गडबडी भइरहेको देखाउँछ । घरका सिँढीहरूमा चिरा देखिन्छ, रूखहरू असामान्य ढङ्गले ढल्किएका छन्–जमिन चलिरहेको छ भन्ने प्रमाण ।

‘यो राम्रो होइन’, मेलबर्न विश्वविद्यालयकी गणितज्ञ एन्तोनेट टोरडेसिलास भन्छिन्, ‘जब उनी भिडियो कलमार्फत किमटाङको माथिबाट खिचिएको दृश्य देखाउँछिन् । त्यहाँ एउटा ठूलो रातो क्षेत्र देखिन्छ, जुन कृत्रिम बुद्धिमत्ता (एआइ) प्रणालीले बनाएको नक्सा हो ।
एआईले गाउँको मुनि रहेको अस्थिर क्षेत्र पहिचान गरी त्यसलाई रातो रंगले देखाएको छ, जसले त्यहाँ ठूलो पहिरोको उच्च जोखिम रहेको जनाउँछ ।

‘उनीहरूको गाउँ वास्तवमा ढलानमा बसेको छ’, टोरडेसिलास भन्छिन् । पहिरोहरू अचानक हुने विपत्ति जस्तो लागे पनि, स्याटेलाइट छविहरूले जमिन सर्न थालेको संकेत दिन सक्छन्–कहिलेकाहीँ केही दिन, हप्ता वा वर्षअघि नै । जमिनका कणहरू बिस्तारै छुट्टिन थाल्छन् । टोरडेसिलास भन्छिन्, ‘जमिनका कणहरू मानौं नाचिरहेका छन्, कुनै अदृश्य तालमा ।’

नेपाल जस्ता जोखिमयुक्त क्षेत्रमा जीवन जोखिममा छ । तर एआईले दिएको चेतावनी एक अवसर पनि हो–मानिसहरूको जीवन जोगाउने । पहिरोहरू जलवायु परिवर्तन र मानव गतिविधिहरू (जस्तै निर्माण र खानी) का कारण बढ्दै गएका छन् । अमेरिकामा मात्र प्रत्येक वर्ष २५–५० जनाको मृत्यु पहिरोका कारण हुन्छ । विश्वभर हजारौं मानिसको ज्यान जान्छ ।

नेपालमा पनि पहिरोको जोखिम उच्च छ । सन् २०२५ अक्टोबरमा आएको पहिरोले करिब ६० जनाको ज्यान लिएको थियो । स्याटलाइट वा जमिनमा राखिएका सेन्सरबाट यस्तो क्षेत्र निगरानी गर्न सकिन्छ, तर त्यस्तो विशाल डाटालाई मानिसले मात्र विश्लेषण गर्नु ‘मानव क्षमताभन्दा बाहिर’ हुन्छ, टोरडेसिलास भन्छिन् । त्यसैले एआई (विशेष गरी मेशसन लर्निङ) प्रयोग गरिन्छ । ‘हामी पहिरो कसरी हुन्छ भन्ने भौतिक ज्ञान प्रयोग गरेर एआईलाई मार्गदर्शन गर्छौं’, उनी भन्छिन् ।
 

किमटाङका बासिन्दाहरूलाई यसले सहयोग पुर्‍याउन सक्छ । २०१९ मा उनीहरूलाई नजिकैको पहिरोपछि स्थानान्तरण गरिएको थियो। तर अहिले उनीहरू बसिरहेको स्थान पनि अत्यन्त अस्थिर क्षेत्र भएको पाइएको छ । यो जानकारी युरोपेली स्याटेलाइट Sentinel–१ बाट प्राप्त भएको हो, जसले जमिनमा रेडार प्रयोग गरेर अत्यन्त सूक्ष्म परिवर्तनहरू पत्ता लगाउँछ ।

सन् २०२५ जनवरीको ताजा तस्बिर अनुसार हालसम्म कुनै पहिरो भएको छैन । तर एआई विश्लेषणले अधिकारीहरूलाई जोखिमबारे सचेत गराएको छ र सम्भावित उद्धार योजना बनाउन मद्दत पुर्‍याएको छ । एआईले विद्यालय जस्ता सुरक्षित स्थान पनि पहिचान गरेको छ, जुन आपतकालीन अवस्थामा प्रयोग गर्न सकिन्छ ।

यस्तै प्रविधि बेलायतमा पनि प्रयोग भइरहेको छ, जहाँ ३ लाख ढलानहरू अध्ययन गरेर ३ हजार ढलान सक्रिय रूपमा सर्ने पाइएको छ । यी साना आन्दोलनहरू भविष्यमा ठूलो पहिरोको संकेत हुन सक्छन् । यस्ता प्रणालीहरूले रेलमार्ग, सडक र पूर्वाधार जोगाउन पनि मद्दत गर्छन् ।
 

अर्कोतर्फ, एआई प्रयोग गरेर हिमपहिरो पत्ता लगाउने प्रणाली पनि विकास भइरहेको छ । तर हालका प्रणालीहरूमा अझै धेरै ‘गलत चेतावनी’ आउने समस्या छ । जलवायु परिवर्तनले पहाडका स्थायी हिउँलाई अस्थिर बनाउँदैछ, जसले पहिरो र हिमपहिरोको जोखिम अझ बढाउँछ ।

कोलम्बियामा गरिएको अर्को अध्ययनले पहिरोको जोखिम पुनः मूल्याङ्कन गरेर कतिपय स्थानहरू वास्तवमा सुरक्षित हुन सक्ने देखाएको छ । शोधकर्ताहरूका अनुसार, पहाडहरू स्थिर देखिए पनि तिनीहरू निरन्तर अत्यन्तै सुस्त गतिमा चलिरहेका हुन्छन् । ‘यही कारणले एआईले यस्तो परिवर्तन पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ’, टोरडेसिलास भन्छिन् । अब उनी नेपालका पहाडहरू हेर्दा पहिले जस्तो महसुस गर्दिनन्–उनलाई ती पहाडहरू स्थिर होइन, तर निरन्तर गतिमा रहेको महसुस हुन्छ ।’ बीबीसीबाट


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.