प्यूठानमा १६ केन्द्रबाट चार हजार ३८५ विद्यार्थी एसईईमा सहभागी हुँदै
प्यूठान : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४,३८५ विद्यार्थी सम्मिलित हुँदैछन् । जसमध्ये ८ वटा विद्यालयका १६४ जना परीक्षार्थी प्राविधिक धारतर्फका रहेका छन् ।
सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ प्यूठानका प्रमुख दुर्गा खड्काले जानकारी दिए । केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रमको तयारी भइरहेको उनले बताए । परीक्षा सञ्चालनका लागि १६ वटा केन्द्र निर्धारण गरिएको छ ।
गत वर्ष १७ वटा केन्द्र तोकिएकोमा विद्यार्थी संख्या कम भएकाले दुई वटा केन्द्र रहेको गंगा माबि बाहानेमा यस वर्ष एउटा केन्द्र कायम गरिएको कार्यालयले जनाएको छ । उत्तरपुस्तिका केन्द्रसम्म पुर्याउने कार्य सम्पन्न भएको र प्रश्नपत्र पुर्याउने तयारी भएको कार्यालय प्रमुख खड्काले बताए । प्रश्नपत्रको सुरक्षा नजिकको प्रहरी युनिटले गर्नेछ । यस वर्षको एसईई परीक्षा चैत्र १९ गतेदेखि सञ्चालन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस !