टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु
सांकेतिक तस्बिर
सुन्नुहोस्

विराटनगर : टिपरले मोरङको कानेपोखरीमा साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहान ७:४० बजेतिरजहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को १ ख ६३३१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बिहान ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर साइकलमा यात्रा गरिरहेका कानेपोखरी गाउँपालिका–७ का ५८ वर्षीय वीरेन्द्र कार्कीको मृत्यु भएको जानकारी मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले दिए । 

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनसाथ बिहान ८:४० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।   

साइकल, टिपर र चालक कानेपोखरी–५ का २९ वर्षीय अभिषेक दर्जीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.