जनताको मुद्दामा रास्वपा सरकारलाई राप्रपाको सहयोग रहन्छ : ज्ञानेन्द्र शाही
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले देश र जनताको मुद्दालाई अघि बढाउन आफ्नो पार्टीको रास्वपा सरकारलाई सहयोग रहने बताएका छन् । बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले मुलुकमा भ्रष्टाचार अन्त्यका साथै सुशासन कायम गर्नेसहित देश र जनताको मुद्दालाई अघि बढाउन आफ्नो पार्टीको सहयोग हुने बताएका हुन् ।
उनले अबको संसद पहिलेको संसद जस्तो नहुने आफ्नो विश्वास रहेको बताए । उनले अब बन्ने करिव दुई तिहाई नजिकको सरकारलाई राप्रपाले सदैव खवरदारी गरिरहने धारणा राखे । उनले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस !