नेपाली नागरिकता, भारतीय मतदाता सूचीमा नाम

नेपाली नागरिकता, भारतीय मतदाता सूचीमा नाम
सुन्नुहोस्

रौतहट : रौतहटमा एक ब्यापारीले नेपाली नागरिकता दुरुपयोग गर्दै ब्यापारको साम्राज्य फैलाएको आरोप लागेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका–४ मा बसोबास गर्ने एक व्यक्तिविरुद्ध नेपाली नागरिकता दुरुपयोग गरेको आरोप चुलिँदै जाँदा सोही व्यक्तिमाथि ‘मिटर ब्याज’ को अवैध कारोबार समेत सञ्चालन गरेको गम्भीर आरोप थपिएको छ । 

नागरिकता विवाद र आर्थिक शोषणका घटनाहरू एकआपसमा जोडिएसँगै रौतहट प्रशासनले छानबिन गर्ला कि नगर्ला भन्ने शंका उब्जिन थालेको छ । साबिक चन्द्रनिगाहपुर–१ हाल चन्द्रपुर–४ बसोबास गर्दै आएका रामबाबुप्रसाद कलवारले २०५५ साल भाद्र १५ गते नागरिकता नम्बर ४ सय ६५ भएको वंशजको नागरिकता जिल्ला प्रशासन कार्यालय गौरबाट लिएका छ्न ।

null

उनले भारत बिहारको रामपुर पन्चायतबाट IAZ००३९३२१ नम्बरको  भारतीय भोटर कार्ड समेत लिएको भेटिएको छ ।  चन्द्रपुर–४ निवासी रामबाबु साहले उनको नागरिकता नक्कली कागजातका आधारमा बनाइएको भन्दै ईलाका प्रशासन कार्यालय चन्द्रपुरमा नागरिकता छानबिनको निवेदन समेत दिएका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले नागरिकताको विषयमा प्रहरीले छानबिन गरिेरहेको बताए ।

‘दोहोरो नागरिकताको कुरा आयो, प्रहरीले अनुसन्धान गरेर प्रशासनमा बुझाए पश्चात् नागरिकता ऐन २०६३ अनुसार कार्वाही हुन्छ’, प्रजिअ भुसालले भने । ‘नक्कली नागरिकता बनाउनु वा प्रयोग गर्नु नेपालमा गम्भीर फौजदारी अपराध हो । यस्तो कार्य गर्नेलाई नागरिकता ऐन, २०६३ अनुसार १ देखि ५ वर्षसम्म कैद र १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्छ’, प्रजिअ भुसालले भने ।

निवेदकका अनुसार आरोपित व्यक्ति मूलतः भारतको बिहार राज्यसँग सम्बन्धित रहेको दाबी गरिएको छ । भारतको निर्वाचन आयोगले सन् २०१६ मा सार्वजनिक गरेको मतदाता नामावलीमा ती व्यक्तिको नाम, उमेर र फोटो समेत स्पष्ट रूपमा उल्लेख भएको दाबी गरिएको छ । सो सूचीअनुसार ती व्यक्ति ४२ वर्षको उमेरमा मतदाता नम्बर २८२ अन्तर्गत दर्ता रहेको उल्लेख छ ।

यही आधारलाई टेकेर निवेदकले ती व्यक्तिले नेपालमा प्राप्त गरेको नागरिकताको प्रक्रिया नै शंकास्पद रहेको जिकिर गरेका छन् । करिब २५ वर्षअघि वंशजका आधारमा लिइएको नागरिकताका लागि प्रयोग गरिएका कागजातहरूमा गम्भीर प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरिएको छ । आरोपित  व्यक्तिमाथि चन्द्रनिगाहपुर क्षेत्रमा कपडाको व्यापारको आडमा ‘मिटर ब्याज’ को अवैध कारोबार सञ्चालन गर्दै आएको आरोप समेत लागेको छ ।

मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पीडितहरूले ती व्यापारीले चर्को ब्याज असुलीमार्फत सर्वसाधारणलाई आर्थिक रूपमा थिच्दै आएको आरोप लगाए । पीडित अर्जुन फुयालले मिटर ब्याजकै कारण आफ्नो घरबार उठिबास भएको गुनासो गरे भने अर्का पीडित नारायण घिमिरेले पाँच लाख रुपैयाँ ऋण लिएर तीन वर्षमा २७ लाख रुपैयाँसम्म ब्याज बुझाउन बाध्य भएको दाबी गरेका थिए ।

nullपीडितहरूको आरोप अनुसार ती व्यापारीले कपडाको वैध व्यापारलाई आवरण बनाएर गैरकानुनी ढंगले ऋण लगानी गर्ने, चर्को ब्याज असुल गर्ने र समयमै तिर्न नसक्नेहरूमाथि दबाब सिर्जना गर्ने कार्य गर्दै आएका छन् । कतिपय पीडितहरू अझै पनि डरका कारण खुलेर बोल्न नसकेको बताइन्छ । स्थानीय बजारमा समेत यसको असर देखिन थालेको छ । अनियमित आर्थिक गतिविधिका कारण अस्वस्थ प्रतिष्पर्धा बढेको, साना व्यापारीहरू विस्थापित हुने अवस्था आएको तथा सर्वसाधारणमा त्रास फैलिएको स्थानीयहरूको भनाइ छ ।

निवेदनमा स्पष्ट रूपमा उल्लेख गरिएको छ, ‘विदेशी नागरिकले झुटा विवरणका आधारमा नेपाली नागरिकता प्राप्त गर्नु कानुन विपरीत हो ।’ यससँगै, मिटर ब्याजजस्तो अवैध आर्थिक गतिविधि सञ्चालन गर्नु पनि गम्भीर अपराध भएकाले दुवै विषयमा कडा कारबाहीको माग गरिएको छ । प्रशासन स्रोतका अनुसार यस्तो प्रकृतिको मुद्दामा नागरिकता सम्बन्धी अभिलेख, पुराना कागजात, स्थानीय सिफारिस तथा अन्य कागजात समेत चेकजाच हुने प्रशासनले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.