निलम्बनपछि एन्फाको पत्रकार सम्मेलन : फिफा र एएफसीसँग छलफल गर्दै चुनाव स्थगित

निलम्बनपछि एन्फाको पत्रकार सम्मेलन : फिफा र एएफसीसँग छलफल गर्दै चुनाव स्थगित
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय खेदलकुद परिषद (राखेप) को निलम्बनपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन गरेको छ । झापामा चुनाव गराउन गएको कार्यसमितिले राखेपको निलम्बन पत्र प्राप्त भएपछि सम्पूर्ण सदस्यहरुसहित पत्रकार सम्मेलन गरेको हो । 

एन्फाले तेस्रो पटक आफ्नो संघीय चुनाव स्थगित गरेको हो । तेस्रो पटक चुनाव स्थगित गरेको एन्फाले एएफसी र फिफासँग छलफल गरेर चुनाव स्थगित गरेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै एन्फाका महासचिव किरण राईले फिफा र एएफसीसँग समन्वय गर्दै चुनाव स्थगित गरेको बताएका हुन् । 

उनले भने, ‘हामीले बारम्बार राखेपको पत्रको उत्तर दिँदै आएका थियौं तर पनि उहाँँहरुले हामीलाई निलम्बन गर्नुभयो । यो कुरा हामीले फिफा र एएफसीमा जानकारी गराएका थियौं । अब उहाँहरुले नै सरकारी पक्षसँग छलफल गर्ने बताउनु भएको छ ।’ एन्फा निलम्बनमा पर्दा अब हुने महिलाको मैत्रीपूर्ण खेलको लागि महिला टिमको खेल र एएफसी एसियन कप छनोटको लाओससँगको खेलको जिम्मा राखेपले लिनुपर्ने राईले बताए ।

‘नेपाली फुटबल अब भ्याकेन्ट अवस्थामा रहेको छ । अब यसको जिम्मा राखेपले लिनुपर्छ ।’  लाओससँग खेलका लागि स्विकृतिको पत्र आफूहरु निलम्बन हुनुअघि नै राखेप पठाएको एन्फा महासचिव किरण राईले बताए । ‘एएफसी एसियन कप छनोट खेल्न पठाउन हामीले चैत ८ मा नै पत्र पठाएका छौं । लाओससँग खेल खेल्न नेपाली टिम पठाउनु पर्छ भन्ने हामी चाहन्छौं ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.