कोशीविरुद्ध सुदूरपश्चिम सात विकेटले बिजयी

कोशीविरुद्ध सुदूरपश्चिम सात विकेटले बिजयी
सुन्नुहोस्

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार सुदूरपश्चिम प्रदेशले कोशीलाई सात विकेटले पराजित गरेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिमले कोशीमाथि सहज जित हात पारेको हो । टस हारेर व्याटिङ गर्न आएको कोशीले ४३.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३० रन जोडेको थियो । कोशीका शिवांश बजगाईंले २५, सुमन श्रेष्ठले २४, दीपेश कंडेलले २०, फिद्रोश अंसारीले १८ र सकिब हकले १५ रन बनाए । अन्य ब्याटर चलेनन् । 

कोशीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका हेमन्त धामीले चार विकेट लिए । प्लेयर अफ दि म्याच समेत घोषित भएका धामीले ९ ओभर बलिङ गर्दै २६ रन खर्चिएर चार विकेट लिएका हुन् । योसँगै धामी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । जारी प्रतियोगितामा धामीले तीन खेलमा १० विकेट हात पारेका छन् । यसअघि कर्णालीविरुद्धको खेलमा धामी एक्लैले ६ विकेट लिएका थिए ।

यसैगरी कोशीलाई कम रनमा रोक्ने क्रममा अलराउण्डर किरण ठगुन्नाले दुई विकेट लिँदा नारायण जोशी र सौर्य श्रेष्ठले एक–एक विकेट हात पारे । कोशीले दिएको १३१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सुदूरपश्चिमले १९.५ ओभरमा तीन विकेट गुमाएर जित हात पारेको हो । ओपनरद्धय अभिषेक पाल र प्रकाश पाण्डेलाई सस्तैमा गुमाए पनि खड्क बोहोराको अर्धशतकीय पारीले सुदूरको जीत सहज बनाएको हो ।

बोहोराले ६६ रन बनाउँदा किरण ठगुन्नाले अविजित २५ रन जोडेका थिए । कोशीका बलर विपिन महतोले दुई र ज्ञानेन्द्र श्रेष्ठले एक विकेट हात पारे । जारी प्रतियोगितामा चार खेल खेलेको कोशीको लगातार यो तेस्रो पराजय हो । कोशीले यसअघि कर्णालीसंग १६ रन र लुम्बिनीसँग १४८ रनले पराजय भोगेको थियो । पहिलो खेल भने वर्षाले अवरुद्ध भएपछि कोशीले मधेस प्रदेशसँग १–१ अंक बाँडेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.